March 17, 2025, Monday
२०८१ चैत्र ३, सोमबार
सल्यान दार्माका एक बालक ८ दिनदेखि बेपत्ता, खोजी कार्यमा सहयोग गरिदिन परिवारको आग्रह

सल्यान दार्माका एक बालक ८ दिनदेखि बेपत्ता, खोजी कार्यमा सहयोग गरिदिन परिवारको आग्रह

 

फागुन २५, सल्यान । सल्यानको दार्मा गाउँपालिका ५ निवासी रोशन शर्मा बिगत ८ दिन देखि बेपत्ता भएका छन । गत १८ गते घर बाट नजिकैको बजार झुलनेटा तिर गएको र त्यसपछि बेपत्ता रहेको बताइएको पारिवारिक स्रोतले बताएको छ ।

 

 

१६ वर्षिय रोशन घरमा एक्लै भएको बेला घर बाट करिब ६ हजार रुपैयाँ सहित बेपत्ता भएका हुन । गाउलेहरुले उनलाइ बाटोमा भेटदा कहाँ जान लगेको भनी सोध्दा झुलनेटा जान लागेको बताएका थिए ।

 

 

 

उनका बुवा आमा रोजगारीको शिलशिलामा भारतमा गएको र घरमा उनको दिदी र उनी मात्रै रहेका थिए । उनको खोजिको लागि प्रहरी पनि सकृय पुर्वक लागेको प्रहरी प्रवक्ता लक्ष्मण ओलिले बताएका छन ।

हाल उनका बुवा लेखनाथ शर्मा र आमा दाङ आएर छोराको खोजी गरिरहेका छन । बुवा आमाले छोरा खोजिदिन सबै तिर अनुरोध गरेका छन ।