March 17, 2025, Monday
२०८१ चैत्र ३, सोमबार
दार्मा गाउँपालिकाको फारुलामा प्रसुति गृह तथा नागरिक अाराेग्य केन्द्र भबन उद्घाटन

दार्मा गाउँपालिकाको फारुलामा प्रसुति गृह तथा नागरिक अाराेग्य केन्द्र भबन उद्घाटन

प्रकाश शर्मा / फागुन २१, सल्यान । दार्मा गाउँपालिकाको फारुलामा प्रसुति गृह तथा नागरिक अाराेग्य केन्द्र भबन उद्घाटन कार्यक्रम सम्पन्न भयकाे छ ।

शुक्रबार, दार्मा गाउँपालिकाकाे अायाेजनामा जिल्ला समन्वय समिति प्रमुख केस बहादुर विष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख हरिबहादुर बुढाथाेकि, राष्ट्रिय याेजना अायाेगका अधिकृत परसुराम पाेख्रेल, नेपाली काँग्रेसका जिल्ला उपसभापति निम बहादुर अाेलि, नेपाल कम्युनिस्ट (नेकपा)का जिल्ला सदस्य अनन्त प्रसाद शर्मा , दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसि, उपाध्यक्ष टिका शर्मा , लगायतकाे उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

 

 

 

दार्मा गाउपालिकाकाे रु. ५४ लाख र जिल्ला समन्वय समिति केा रु. ५४ लाख गरि जम्मा रु.१ कराेड ८ लाखमा प्रसुती गृह भवन निर्माण सम्पन्न भएको थियाे । उद्घाटन कार्यक्रम लाइ सम्बोधन गर्दै प्रमुख अतिथि बिस्टले भबन उद्घाटन गरेर मात्रै नभई यस बाट दिइने सेवा जनताले प्रत्येक्ष अनुभुति हुनेगरि सेवा दिन अपिल गर्नु भयकाे छ ।

बाँकि रहेका काममा जिल्ला समन्वय समितिले नै बजेटकाे ब्यबस्था गरि पुरा गर्ने प्रतिबद्धता समेत उहाँले गर्नु भएकाे छ । यस भबन बाट ल्याब सेवा, अाेपिडि सेवा, प्रसुति सेवा तथा अायुर्बेद सेवा पनि दिइने बताइएको छ ।