दुबईबाट उडेको विमान,हाईज्याकको आशङ्का बिच साउदीमा अवतरण
काठमाडौँ/१४ असोज
युएइ बाट तेल अभिभतर्फ उडेको फ्लाइदुबईको यात्रुवाहक विमानले आपत्कालीन संकेत पठाएपछि साउदी अरबतर्फ डाइभर्ट भएको छ।
प्रारम्भमा विमान अपहरणको आशङ्का भए पनि विमान साउदीको ताबुक विमानस्थलमा सुरक्षित अवतरण गरेपछि हाइज्याक भएको आशङ्का हटेको बताइएको छ।
विमानले ‘अनलफुल इन्टरफेरेन्स’ र सामान्य आपत्कालीन संकेत पठाएपछि घटनालाई लिएर सुरक्षा निकायमा चासो बढेको थियो।
पछिल्लो विवरण अनुसार विमान भित्रका पाइलटबीच भएको विवादका कारण आपत्कालीन संकेत सक्रिय भएको हुनसक्ने इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरिएको छ।
यद्यपि घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ जनाएको छ।


लेखकको सम्वन्धमा