January 13, 2025, Monday
२०८१ पुष २९, सोमबार
दार्माकी खिमा खड्काको मृत्यु रह’स्य’मय : यस्तो छ – घटनाको पृष्ठिभूमि ( जेठाजुको बकपत्र सहित )

दार्माकी खिमा खड्काको मृत्यु रह’स्य’मय : यस्तो छ – घटनाको पृष्ठिभूमि ( जेठाजुको बकपत्र सहित )

असार ०५, सल्यान । जेठ ३१ गते सडक निर्माण योजनाको भुक्तानी लिन भनेर घर बाट दार्मा गाउँपालिकाको फारुलाबजार गएकी सल्यान दार्मा गाउँपालिका वडा नं ५ का खिम बहादुर खड्काको २८ वर्षे श्रीमती गिता खड्का भनिने खिमा खत्री खड्का साँझ घर फर्किनन् ।

११ बर्षे छोरा र ७ बर्षकी छोरीलाई घरमा छोडेर ‘टिकेपताल ढोलढुंगा काकुनहाल्ने रातामाटा कच्ची सडक निर्माण योजना’को भुक्तानी लिन फारुला बजार गएकी उनि भोलिपल्ट बिहान (असार १ गते) स्थानिय ज्यूँला खोलाको किनारमा मृत अवस्थामा भेटिईन । उनि कहिल्यै नफर्किने बटोमा गईन ।

भोलिपल्ट विहान छोराछोरीले मृतकका जेठाजु (साईला काका) लाई आमा घरमा नआएको जानकारी दिएपछि उनको बारेमा सोधिखोजी सुरु भएको थियो । मृतकका जेठाजु गिमबहादुर खड्का ‘भोलिपल्ट बिहान मृतकका छोराछोरीले आमा आईपुग्नु भएन साईला बुबा, भैसी दुहुन आईदिनु पर्याे’ भने पछि आफु अचम्ममा परेको बताउछन ।

अघिल्लो दिन सडक आयोजनाको रकम भुक्तानी लिएर फारुला बजार बाट भैंसीलाई घाँस हाल्ने हतार छ भन्दै उनि घर तर्फ लागेकी थिईन । त्यतिवेला मृतक खिमाका श्रीमान धन कमाउने शिलशिलामा भारतमा रहेका थिए ।

उनि ‘टिकेपताल ढोलढुंगा काकुनहाल्ने रातामाटा कच्ची सडक निर्माण योजना’को कोषाध्यक्ष थिईन । त्यसदिन (जेठ ३१ गते) निर्माण सम्पन्न भैसकेको सडक योजनाको रकम भुक्तानी लिन उनि लगाएत समितिका अध्यक्ष उनका जेठाजु गिमबहादुर खड्का र सचिव उनको भदा नाता पर्ने डिल्ली वली फारुला बजार गएका थिए ।

त्यसदिन सडक योजनाको रकम भुक्तानी लिन जाने योजना आकस्मिक बनेको समितिका अध्यक्ष तथा मृतकका जेठाजु गिमबहादुर बताउछन ।

उनि भन्छन – ‘माईतमा भदा बुहारीको मृत्यु भएको थियो । धामी झाक्रि बसाल्ने कुरा रैछ ,त्यसैले गाईको दुध चाहिने भएकाले जेठ ३० गते म गाईको दुध लिएर माईत गएको थिए । जेठ ३० गते म माईतै बसे । ३१ गते बिहान समितिका सचिव डिल्ली वलीले आजै सडकको भुक्तानी लिन फारुला जानुपर्ने भयो भनेर फोन गरे ।’ आजै किन भनेर सोध्दा ‘फुपुले (मृतक) जाम भन्नुहुन्छ, नत्र फुपु कालापार (कालापहाड – भारत ) जाने रे, भनेर जवाफ दिएको उनि बताउछन ।

तर उक्त दिन बिहान श्रीमती संग फोनमा कुरा भएको भएपनि कालापार (कालापहाड – भारत ) जानेबारे केहि कुरा नभएको उनका श्रीमान् खिमबहादुर खड्काले बताए ।  भुक्तानी लिन फारुला बजार जाने लागेको बारे भने उनले जानकारी  गराएकी थिइन् ।

त्यसपछि आफु पनि माईत बाट घर आएको र खाना खाँदासम्म ढिलो भैसकेकोले समितिका सचिव डिल्ली वलीलाई वाईक ल्याएर लिन आउन भनेर आफुहरु २ जना फारुला तर्फ गएको तर त्यसभन्दा अघि नै मृतक खिमा पैदल हिडेर फारुला बजार तर्फ गएको उनको भनाई छ । आफुहरु (अध्यक्ष र सचिव ) फारुला पुग्दा कोषाध्यक्ष मृतक खिमा पहिला नै त्यहाँ पुगिसकेको खड्का बताउछन ।

बैंकमा चेक साटेपछि……….

फारुला बजार पुगेपछि बैंक बाट ३ जनाको संयुक्त हस्तान्क्षरमा सडक आयोजनाको रकम भुक्तानी लिएको खड्का बताउछन । त्यसपछि मृतक खिमा घर फर्किन हतार गरेको उनको भनाई छ । ‘चेक साटेपछि उनि घर फर्किन भनेर माथि बाटो फाट्ने ठाउँसम्म पुगेकी रैछन । मैले नास्ता खाएर जाँउला भनेर बोलाए तर उनले घरमा भैसीलाई घाँस हाल्ने हतार भएको बताउदै नास्ता खाना आउन अनकनाईन ।’

उनले भने – ‘त्यसपछि मैले हतार भए तिमि महिला मान्छे माथिल्लो बाटो वाईकमा जाउ, म हिडेर आउला भने तर उनले डाक्टरलाई पैसा दिनुछ । म तल्लो बाटो जान्छु भनिन । अनि मैले तल्लो बाटो गएपनि नास्ता खाएर जाउ भने त्यसपछि (रोटी पाक्दै थियो) उनि सुरुमै रोटी खाएर बाटो लागिन ।’

उनले स्थानिय स्वास्थ्य चौकीको एकजना महिला कर्मचारीको चेक साटेर पैसा पुर्याईदिने जिम्मा पाएकी रहिछन । उक्त जिम्मा उनलाई त्यस स्वास्थ्य चौकीमा कार्यरत एकजना अहेवले दिएका थिए । जुन अहेव घटना घटेको अघिल्लो रात स्वंय मृतक महिलाको घरमा बास बसेको स्रोतको दावि छ ।

नास्ता आएर आफु र सचिव वली दूई जना माथिल्लो बाटो गएको र बिभिन्न ठाउँहरुमा बस्दै, भेटघाट गर्दै साँझ घर पुगेको र मृतक खिमा पनि घर आईसकिन होला भन्ने ठानेर कुनै सोधखोज नगरेको र छोराछोरीले पनि नभनेको खड्का बताउछन ।

घटना यसकारण रहस्यमय :

फारुलाबजार बाट अन्दाजी १–२ बजेतिर घर तर्फ लागेकी मृतक खिमाले स्थानिय स्वास्थ्य चौकीको ति महिला कर्मचारीको चेक साटेर पुर्याई दिनुपर्ने पैसा अन्दाजी ४ बजेतिर ति कर्मचारीले सिपारिस गरेको ललिता केसीलाई लाई बुझाएको छन । त्यसपछि उनि त्यो भन्दा माथी रहेको स्थानिय पसलमा चाउचाउ विस्कुट, चक्लेट किनेर फोन गर्दै घर नजिकको मोड सम्म पुगेको एक स्थानिय (किशोर) ले देखेको बताईएको छ ।

त्यसपछि उनि कता गईन भन्ने कसैले देखेन । तर त्यो मोड भन्दा सय मिटर अगाडी स्थानिय विद्यालयको मुनि बाँसको ठानानेर थलिमलि (लछारपछार ) भएको, चाउचाउका खोल र मृतकको मास्क भेटिएको स्थानियहरुले बताएका छन । त्यहाँ भेटिएको मास्क मृतक खिमाकै भएको उनका श्रीमान खिमबहादुर खड्काले बताएका छन भने बैंकको सिसि टिभी फुटेजमा देखिएको मास्क पनि त्यहाँ भेटिएको मास्क सँग मिल्दोजुल्दो भएको पारिवारिक स्रोतको दावि छ ।

यस्तो अवस्थामा भेटियो शव 

जेठ ३१ गते बाट हराएकी मृतकको शव असार १ गते विहान खोलाको किनारमा भेटिएको थियो । शव मृतकको मास्क भेटिएको र लछारपछार भएको जस्तो देखिने ठाउँ बाट अन्दाजी अढाई किलोमिटर तल खोलाको किनारमा भेटिएको थियो । खेतमा पानी लाउन जाँदा स्थानिय नवराज चन्दले शव देखेपछि खवर गरेका थिए ।

ओठमा चोटको घाउँ भएको, कन्चडमा दुवैतर्फ चोट लागेको, घाँटी रातो भएको र एउटा तिघ्रामा कोरिएको अवस्थामा शव भटिएको बताईएको छ । त्यस्तै मृतकको ज्याकेट शव भन्दा करिव ५० मिटर माथि खोलाको बिच भागमा भेटिएको थियो भने उनका गरगहना, मोवाईल र भित्री बस्त्रहरु पनि नभएको अवस्थामा शव भेटिएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

बला’त्कार पछि ह’त्या गरेको आशंका

घटनाको प्रकृति हेर्दा उनको बला’त्कार गरेर ह’त्या भएको हुनसक्ने परिवारको आशंका छ । १ गते पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको ती महिलाको शव २ गते पोस्टमार्टम गरिएको थियो । यद्यवी पोस्टमार्टम रिपोर्ट भने आएको छैन् । घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न मृतकका श्रीमान खिम बहादुर खड्काले माग गरेका छन ।

८ महिना अघि भारत गएका उनि घटना भएको तीनदिन पछि न्यायको लागि नेपाल फर्किएका छन् । उनि सँगै उनका परिवार, घरछिमेक र आफन्त गरि १५ जना जति न्यायको लागि पाँच दिन सदरमुकाम बसेर आज शव बुझेर फर्किएका छन । दोषिलाई कारवाही नहुदासम्म शव नबुझ्ने अडान लिएको परिवारले दोषिलाई कारवाहिको दायरमा ल्याउने आस्वान पछि शव बुझेको हो ।

के भन्छ, प्रहरी ?

सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले यो घटनालाई गम्भीरतापूर्वक हेरेको र अनुसन्धान जारी रहेको बताएका छ्न । ‘घटना हेर्दा गम्भीर शंकास्पद छ । हामी गहिराइमा पुगेर अनुसन्धान गर्दै छौं । हत्यारा छिट्टै पत्ता लाग्छ’, उनले भने । मृ’तक महिलाको पोस्टमार्टम रिपोर्ट भोलिसम्म आउने उनले बताए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज