May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
नेपाल प्रहरीमा ठूलो मात्रामा पद संख्या थप, कुन पदमा कति?

नेपाल प्रहरीमा ठूलो मात्रामा पद संख्या थप, कुन पदमा कति?

 असार १९ ,दाङ। जनपद तर्फको प्रहरी जवान र प्रहरी सहायक निरीक्षक पदमा ठुलो सङ्ख्यामा माग पद संख्या थप गरिएको छ।

प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार  प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि पद संख्या थप गरिएको हो।

प्रहरी सहायक निरीक्षकमा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी ५५, दलित २९ र पिछडिएका वर्गका लागि ९ गरी कुल ४४३ जनाको लागि भर्ना खुलेको छ।

त्यसै गरी प्रहरी जवानको लागि खुलामा १ हजार ३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९, महिला २१९, आदिवासी जनजातितर्फ ३५०, मधेसी ३०५, दलित १६४ र पिछडिएका वर्गका लागि ५३ गरी कुल २ हजार ४७४ जनाको लागि कोटा थप गरिएको हो।

यी पदहरुकोलागि भने अघि नै लिखित परिक्षा भै सकेको छ।