स्थानिय सरकारका अढाई बर्ष – कति राहत , कति आहत ? बिषयक अन्तरसंवाद कार्यक्रम हुने
सल्यानमा स्थानिय सरकार गठन भएको अढाई बर्ष पुगेको सन्दर्भमा सरोकारवाला पक्षहरु बिच बृहत अन्तरसंवाद कार्यक्रम संचालन हुने भएको छ ।
स्थानिय सरकार , विभिन्न राजनितिक दल , प्रतिपक्ष , नागरिक समाज र स्थानियहरुको सहभागितामा “स्थानिय सरकारका अढाई बर्ष – कति राहत , कति आहत ?” बिषयक अन्तरसंवाद कार्यक्रम हुने भएको हो ।
समाजवाद अध्ययन केन्द्र सल्यानको मिती २०७६÷१०÷०४ गते बसेको बैठकको निर्णय अनुसार जिल्लाब्यापि रुपमा यो कार्यक्रम संचालन हुने भएको छ ।
आईतबार अध्ययन केन्द्रका सचिव भुमप्रकाश भण्डारी भुपिन द्घारा जारी गरिएको प्रेस बिज्ञप्तीका अनुसार , शारदा नगरपालीका , दार्मा गाउपालीका र कपुरकोट गाउपालीकामा पहिलो चरणको कार्यक्रम संचालन गरिने बताईएको छ ।
तर कार्यक्रमको तालिका भने सरोकारवाला पक्षहरुसँग समन्वय गरेर सार्वजनिक गरिने बताईएको छ ।
हेर्नुहोस पुरा बिज्ञप्ती
प्रतिकृया दिनुहोस्