February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
सल्यानको त्रिवेणीमा विद्यालयको चुनावमा ‘ओली- कांग्रेस’ गठबन्धन बिरुद्ध नेकपाको प्यानल बिजयी

सल्यानको त्रिवेणीमा विद्यालयको चुनावमा ‘ओली- कांग्रेस’ गठबन्धन बिरुद्ध नेकपाको प्यानल बिजयी

मंसिर २५, सल्यान । सल्यानको एक विद्यालयमा भएकोे विद्यालय व्यबस्थापन समितिको निर्वाचनमा नेकपाको केपी ओली निकट मानिने समुह र नेपाली कांग्रेसको संयुक्त गठबन्धन प्यानल विरुद्ध नेकपाको आधिकारीक भनिएको ‘प्रचण्ड – नेपाल समुह’ प्यानल बिजयी भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. १ काभ्रामा अवस्थित जनता माद्यामिक विद्यालयमा बिहिबार सम्पन्न भएको व्यबस्थापन समितिको निर्वाचनमा आधिकारीक भनिएको नेकपाको ‘प्रचण्ड – नेपाल’ समुहको पुरै प्यानल बिजयी भएको हो । गठबन्धन प्यानल बिरुद्ध आधिकारिक प्यानलबाट अध्यक्षका उम्मेद्धार रहेका अजय रोका सहित अन्य २ जना सदस्यहरु विद्यालय व्यवस्थापन समितिमा निर्वाचित भएका हुन

एक जना सदस्य भने ओली निकट समूहबाट निर्बिरोध निर्वाचित भएका छन् । निर्वाचनमा प्यानलको तर्फ बाट ४ जनाको उम्मेद्वारी पर्नुपर्नेमा रोका समुहबाट एक जना सदस्यमा उम्मेद्वारी नै नपरेपछि उनलाई निर्बिरोध निर्वाचित गरिएको थियो ।

बिहिबार भएको निर्वाचनमा गठबन्धन प्यानललाई उनिहरुले कुल २० वटा मतको संख्याले पछि पार्दै पराजित गरेका हुन । निर्वाचनमा खसेको कुल ५०३ मत मध्ये नेकपाको आधिकारिक भनिएको प्यानलको ‘कलम’ चुनाव चिन्हमा २३७ मत खसेको थियो भने नेकपाको ओली पक्ष निकट मानिने समुह र नेपाली कांग्रेसको संयुक्त गठबन्धन प्यानलको ‘घडि’ चिन्हले जम्मा २१७ मत पाएको थियो ।

व्यवस्थापन समिति चयनको लागी विद्यालयमा बिहिबार बिहान ८ बजे देखी निर्वाचन सुरु भएर बेलुका ४ बजे मतदान सम्पन्न भएको थियो । बेलुका ६ बजेर १५ मिनेट बाट मत गणना सुरु गरिएकोमा राति ९ बजे मत गणना सकिएको र निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न भएको बताईएको छ ।

निर्वाचनमा खसेको कुल मत मध्ये ४९ मत बदर भएको र बदर हुनेमा अधिकांश मत गठबन्धन प्यानलको रहेको विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर चन्दले नयाँ दृष्टिलाई बताए । ब्यबस्थापन समितिमा निर्वाचित भएको प्यानललाई आजै अबिरावरण गरेर बिजय घोषण गरिएको उनको भनाई छ ।

विद्यालय व्यवस्थापन समिति चयनको लागी सहमति नभएपछी जनता माबि काभ्रामा आज निर्वाचन भएको थियो । निर्वाचनको बिषयमा थप जानकारीको लागी निर्वाचन मण्डलका संयोजक दलबहादुर राणा सँग सम्पर्क गर्दा उनको फोन रिसिभ भएन ।

नेकपा त्रिवेणीमा जनता माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदको उम्मेद्धार टुङग्याउने बिषयमा पार्टीमा सहमति नहुदा पार्टीका गाउँपालिका कमिटी अध्यक्ष लोकेन्द्रसिंह खड्का र सचिव अजय रोकाले एउटै पार्टीबाट छुट्टाछुट्टै उम्मेद्धारी दिएर निर्वाचनमा होमिएका थिए । अध्यक्ष खड्का प्रधानमन्त्री केपि शर्मा निकट र सचिव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट रहेको नेताहरु हुन् ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पार्टीमा सहमति नजुट्दा पार्टीका गाउँपालिका कमिटी अध्यक्ष लोकेन्द्रसिंह खड्काले नेपाली काँग्रेस सँग गठबन्धन गरेर चुनाव लडेका थिए । उनले आफ्नो प्यानलबाट गाउकमिटि सदस्य शालिकराम थापालाई अध्यक्षको उम्मेद्धार बनाएका थिए । त्यस्तै अध्यक्ष खड्काको संयुक्त प्यानल विरुद्ध गाउँपालिका कमिटी सचिव अजय रोकाले माधव नेपाल समुह निकट स्थानिय नेता कार्यकर्ताको सहयोगमा आफ्नै नेतृत्वमा चुनावमा होमिएका थिए ।

बिबाद बढ्दै जाँदा नेपाली कांग्रेस सँग अपबित्र गठबन्धन गरि पार्टीलाई आँच आउने काम गरेको भन्दै सचिव रोका समुहले मंसिर २१ गते गाउँकमिटीको विस्तारित बैठक बसि गाउँपालिका सदस्य छविलाल खत्री र शालिकराम थापालाई गाउँकमिटी बाट निलम्वित गरेको र अध्यक्ष खड्कालाई कारबाहिको लागी जिल्ला कमिटीलाई सिपारिस गरेको बताएका थियो ।

तर नेकपाको ओली पक्ष निकट मानिने नेकपा त्रिवेणी गाउँकमिटी अध्यक्ष लोकेन्द्रसिंह खड्काले भने जिल्ला पार्टीसँग नियमित सम्पर्क र समन्वय गरेर आफुले काम गरेको र विस्तारित बैठकको नाममा गुटको बैठक गरि कारबाहिको नाटक गरिएको बताएका थिए ।

नेकपाको केन्द्रमा दुई अध्यक्षहरु विच शक्ती संघर्ष चर्किदै गएको वेला स्थानिय स्तरमा भएको उक्त विवादलाई केन्द्रमा दुई अध्यक्ष बिच रहेको बिबादको प्रतिबिम्बको रुपमा हेरिएको छ ।

त्रिवेणी चुनाव प्रकरण : माइन्युट च्याथ्दा देखि चुनाव जित्दा सम्मको सम्पूर्ण नालिबेली

नेकपा त्रिवेणीमा देखिएको विवाद : जिल्ला पार्टीको असफलता कि केन्द्रिय गुटको प्रतिबिम्ब ?

र यो पनि पढ्नुहोस :

सल्यानको त्रिवेणीमा ‘प्रचण्ड र ओली समुह’ आमनेसामने, ओली पक्षिय अध्यक्षलाई कारबाहिको सिपारिस

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज