December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
जनप्रतिनिधिहरुले कार्यकर्ता र भोटरलाई लक्षीत गरेर राहत वितरण गरे : नेकपा सल्यान

जनप्रतिनिधिहरुले कार्यकर्ता र भोटरलाई लक्षीत गरेर राहत वितरण गरे : नेकपा सल्यान

प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाले सल्यानका जनप्रतिनिधिहरूलाइ काम नगरेर प्रचारबाजीमा लागेको र कोरोना रोगको समाधानमा ध्यान नदिएको आरोप लगाएको छ । राहतका लागि लाखौ रकम विनियोजन भएपनि त्यसलाइ आफुखुशी वितरण गरेको भन्दै प्रतिबन्धित नेकपाले स्थानीय तहका प्रतिनिधिले कार्यकर्ता तथा भोटरलाई लक्षीत गरेर राहत वितरण गरेको आरोप लगाएको हो ।

हालै उक्त पार्टीका सल्यान सेक्रेटरी तुफानले एक प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला बाहिर रहेका मजदुरको उद्धार गर्न नसकेको र पैदल हिडदै आएकाको क्वारेन्टाइनको व्यवस्थापन नगरिएको भन्दै तत्काल व्यवस्था गर्न अनुरोध अनुरोध गरेका छन्। साथै यस घडिमा कालोबजारी, महंगी, भ्रष्टाचार, ठगी भएको पाइएमा छानविन गरीने पनि नेकपाले जनाएको छ ।

बिज्ञप्ति: