May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
सल्यानको त्रिवेणीमा ‘प्रचण्ड र ओली समुह’ आमनेसामने, ओली पक्षिय अध्यक्षलाई  कारबाहिको सिपारिस

सल्यानको त्रिवेणीमा ‘प्रचण्ड र ओली समुह’ आमनेसामने, ओली पक्षिय अध्यक्षलाई कारबाहिको सिपारिस

मंसिर २४, सल्यान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा प्रधानमन्त्री तथा अध्यक्ष केपि शर्मा ओली र अर्का पूर्व प्रधानमन्त्री तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल विच शक्ति संघर्ष चलिरहेको बेला उक्त बिबादको प्रतिबिम्ब पार्टीको स्थानिय तहहरुमा पनि देखिन थालेको छ ।

स्थानिय स्तरमा पनि दुई समुहका नेता कार्यकर्ताहरु पक्ष र विपक्षमा सामाजिक संजाल देखी चिया पसलसम्म आपसमा बाजाबाज र बिभाजित हुन थालेका छन । यसै सन्दर्भमा सल्यानमा एउटा विद्यालयको व्यवस्थापन समितिको चुनावमा अध्यक्षको उम्मेद्धारको बिषयलाई लिएर सल्यानको त्रिबेणी गाउँपालिकामा नेकपाका ओली र प्रचण्ड पक्षिय दुई समुहहरु आमनेसामने भएका छन ।

जिल्लाको त्रिबेणी गाउँपालिका वडा नं. १ काभ्रामा रहेको श्री जनता माद्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको चुनावलाई लिएर दुई पक्षबिच आपसमा सहमति नजुट्दा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका निकट मानिने स्थानिय नेता तथा नेकपा त्रिवेणी गाउँपालिका कमिटी अध्यक्ष लोकेन्द्रसिंह खड्का र प्रचण्ड पक्ष निकट मानिने नेता तथा नेकपा त्रिवेणी गाउँपालिका कमिटी सचिब अजय रोका समुह आमनेसामने भएका हुन ।

बिबाद बढ्दै जाँदा दुवै समुहले विद्यालय व्यबस्थापन समितिको अध्यक्ष पदको लागी छुट्टाछुट्टै उम्मद्धारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन । व्यवस्थापन समितिको अध्यक्ष पदको लागी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समुह निकट मानिने नेता लोकेन्द्रसिंह खड्काले नेपाली कांग्रेस सँग गठबन्धन बनाएर शालिकराम थापालाई आफ्नो प्लानलको अध्यक्षको उम्मेद्धार बनाएका छन ।

त्यस्तै अर्का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समुह निकट मानिने नेता तथा पार्टी सचिब अजय रोकाले माधव नेपाल समुहका स्थानिय नेता कार्यकर्ताको सहयोगमा आफै अध्यक्ष पदको उम्मेद्धार बनेका छन । दुवैले आआफ्ना उम्मेद्धारलाई पार्टीका आधिकारीक उम्मेद्धार भएको दाबि गर्दै  जिताउन स्थानिय, अभिभावक तथा कार्यकर्ताहरुलाई अपिल गरेका छन ।

मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै ओली पक्षबाट अध्यक्ष खड्का संयुक्त गठबन्धन प्यानलका उम्मेद्धारलाई घडी चिन्हमा मतदान गर्न अपिल गरेका छन भने प्रचण्ड पक्षिय सचिव रोकाले कलम चिन्हमा मतदान गरि पार्टीको आधिकारिक प्यानललाई जिताउन अनुरोध गरेका छन । जनता मावि काभ्रामा मंसिर २५ गते व्यवस्थापन समितिको चुनाव तोकिएको छ । अध्यक्ष पदको लागी पार्टीेमा दुई समुह बिच कुरा नमिल्दा विवाद सार्वजनिक वक्तव्यबाजीमा परिनत भएको हो ।

ओली पक्षिय २ नेता निलम्बित, अध्यक्षलाई कारबाहिको सिपारिस

यसै बिच विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा विगत देखि नै नेकपाका आधिकारिक उम्मेद्धार विरुद्ध नेपाली कांग्रेस विरुद्ध अपवित्र गठबन्धन गरेर पार्टीलाई आँच पुर्याएको र मंसिर २५ गतेको चुनावमा पार्टीका बिरुद्ध उम्मेद्धारी दर्ता गरेको भन्दै प्रचण्ड निकट रोका समुहले ओली पक्षिय २ नेतालाई निलम्बित गरको र अध्यक्ष तथा जिल्ला कमिटी सदस्य लोकेन्द्रसिंह खड्कालाई कारबाहिको लागी जिल्ला कमिटीलाई सिपारिस गरेको बताएको छ ।

मंसिर २१ गते बसेको नेकपा त्रिवेणी गाउँपालिका कमिटीको बिस्तारित बैठकको निर्णय अनुसार पार्टीका जिल्ला सदस्य तथा अध्यक्ष खड्कालाई कारबाहिको लागी जिल्ला पार्टीलाई सिपारिस गर्ने र गाउँपालिका कमिटी सदस्यहरु छविलाल खत्री र शालिकराम थापालाई गाउँपालका कमिटी सदस्य बाट निलम्बन गर्ने निर्णय गरेको सचिव रोका द्धारा जारि गरिएको विज्ञप्तीमा भनिएको छ ।

मंसिर २३ गते जारी गरिएको विज्ञप्तीमा भनिएको छ –‘ विगत एक वर्ष पहिला देखी त्रिवेणी १ काभ्रामा अवस्थित श्री जनता मावि काभ्राको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा नेकपाका आधिकारिक उम्मेद्धार विरुद्ध प्रतिगामी तथा यथास्थितिबादी पार्टी नेपाल कांग्रेस सँग अपबित्र गठबन्धन गरी, पार्टीलाई ठुलो आँच आउने गरि, पार्टी विरुद्ध उम्मेद्धारी दर्ता गरि यहि २०७७ मंसिर २५ गते हुने विद्यालय व्यवस्थापनको निर्वाचनमा भाग लिएकाले नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र नेपाल कम्युुनिष्ट पार्टी त्रिवेणी गाउँ कमिटीको पहिलो बिस्तारित बैठक बसी मिति २०७७ मंसिर २१ गतेको निर्णय अनुसार निम्न व्यक्तीहरु १. लोकेन्द्रसिंह खड्कालाई कारबाहिको लागी सिपारिस, २. छविलाल खत्री र शालिकराम थापालाई त्रिवेणी गाउँकमिटी सदस्य बाट निलम्बन गरिएको व्यहोरा यो प्रेस विज्ञप्ती मार्फत जानकारी गराईन्छ ।’

गुटको भेला गरि कारवाहिको नाटक गरियो : खड्का

तर नेकपा त्रिवेणी गाउँपालिका अध्यक्ष तथा ओली समुह निकट मानिने नेता लोकेन्द्रसिंह खड्काले भने गुटको भेला गरि कारवाहिको नाटक गरिएको नयाँ दृष्टिलाई बताएका छन । उनले भने –‘म पार्टीको गाउँकमिटीको अध्यक्ष हु । मेरो सल्लाह र सहमतिमा पार्टी सचिवले बैठक बोलाउने हो । तर बिस्तारित बैठकको नाममा कारबाहिको नाटक गरियो । पार्टीको बिधानमा बिस्तारित बैठकको कुनै प्राबधान छैन ।’

अध्यक्ष खड्काले आफु पार्टीको निति विधिबाट बाहिर नगएको र जिल्ला पार्टी सँग नियमित सम्पर्कमा रहेको काम गरेको छन । मंगलबार एक प्रेस बिज्ञप्ती जारी गर्दै खड्काले भनेका छन –‘ विवाद मिलाउन मंसिर १७ र २१ गते जिल्ला पार्टी अध्यक्षले बोलाउदा पनि अवेज्ञा गरि मंसिर २१ गते पार्टी हित विपरित गुटको भेला गरि गापा अध्यक्ष र दुई जना सदस्यलाई अराजक उदण्ड मानसिकताका साथ लगाईएको आरोप झुटो हो । हामी नियमित जिल्ला पार्टीको सम्पर्कमा रहि पार्टीको नितिनियम अनुसार चलेको हुदा सम्पुर्ण पार्टी सदस्य शुभचिन्तकहरुलाई विचलित नभएर संयुक्त प्यानल घडि चिन्हमा मतदान गर्न हार्दिक अनुरोध गर्दछु ।’

यस्तो छ विबादको श्रींखला

त्रिवेणी गाउँपालिका १ काभ्रामा रहेको श्री जनता मावि यस क्षेत्रको महत्वपुर्ण र प्रभावशाली विद्यालय हो । विगत १ बर्ष पहिला देखी नै व्यवस्थापन समितिबिहिन भएको उक्त विद्यालयमा नेकपाको आन्तरिक लुछाचुडिले व्यवस्थापन समिति गठन प्रक्रियाले पुर्णता पाएको छैन । नेपाली कांग्रेसको कम उपस्थिति रहेको उक्त विद्यालयमा नेकपाको विवाद नभएमा चुनाव विना नै व्यवस्थापन समिति बन्ने स्थीति भएको जानकारहरु बताउछन ।

विद्यालयलाई नमुना विद्यालय बनाउन सवै मिलेर अघि बढ्नुपर्ने नेपाली कांग्रेसको प्रस्ताव रहेको एक काँग्रेस नेताले बताए । विगतमा दुई पार्टी एक भएपछि पनि पूर्व एमाले र पूर्व माओबादी बाट २ – २ जना र नेपाली काँग्रेस बाट २ जना मात्रै राखेर समिति बनाउने सहमति भएका उनले बताए । उक्त सहमतिको नेतृत्व पनि अहिलेका पार्टी सचिव रोकाले नै गरेको नेकपा त्रिवेनी अध्यक्ष खड्का बताउछन ।

तर उक्त सहमति अनुसार पूर्व माओबादीले प्रतिनिधि सिपारिस नगरेको र मंसिर १० गतेको अभिभावक भेलामा उक्त निर्णय गरेको माईन्युट च्याथेकोले निर्वाचनमा जानुपरेको एक काँग्रेस नेताले बताए । नेकपाकै दुई प्यानलको अध्यक्ष बन्ने होडबाजीले समस्या आएको उनको भनाई छ ।