सल्यानको त्रीवेणी गाउँपालिकामा एकिकृत समाजवादीका वडा कमिटी अध्यक्ष एमालेमै फर्किए
सल्यान, ५ कार्तिक । सल्यानमा एकिकृत समाजवादीका एक जना वडा कमिटी अध्यक्ष नेकपा एमालेमै रहने बताएका छन् ।
जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ दाङचुली निवासी लोक बहादुर घर्तीले एक विज्ञप्ती मार्फत आफ्नो इच्छा विपरित समाजवादीले वडा कमिटीको अध्यक्ष बनाएको भन्दै आफु एमालेमै रहने बताएका हुन् । पार्टी विभाजनमा साथ नदिने भन्दै घर्तीले एमालेमै रहेर सक्रिय रहने बताएको एमाले त्रिवेणीका अध्यक्ष लोकेन्द्र खड्काले जानकारि दिए ।
यसैवीच त्रिवेणी गाउँपालिकामा नेकपपा एमालेको वडा अधिवेशनको तयारी पुरा भएको छ । पार्टीले ६ वटै वडामा अधिवेशन सम्पन्न गर्नका लागि कार्यविभाजन समेत गरेको छ । दुई दर्जन बढी पार्टीका अगुवा नेता कार्यकर्तालाई अधिवेशन सम्पन्न गर्नका लागि जिम्मेवारी प्रदान गरिएको एमाले त्रिवेणीका अध्यक्ष खड्काले जनाए ।
प्रतिकृया दिनुहोस्