June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
नेकपा (एमाले) जिल्ला कमिटी सल्यानको वैठक सकियो, यस्ता छन निर्णयहरु

नेकपा (एमाले) जिल्ला कमिटी सल्यानको वैठक सकियो, यस्ता छन निर्णयहरु

कार्तिक २६, सल्यान । नेकपा (एमाले) जिल्ला कमिटी सल्यानको १२ औं वैठक सम्पन्न भएको छ । विहिबार जिल्ला पार्टी कार्यालय शानपा २, मदनगा्रम खलंगा सल्यानमा वैठक सम्मपन्न भएको हो ।

बैठकले पार्टीको आसन्न दशौं राष्ट्रिय महाधिवेशनको लागी सर्वसम्वत प्रतिनिधि छनौटको लागी धनश्याम शर्माको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन गर्ने र पार्टी परित्याग गरेका जिल्ला कमिटीका सदस्यहरुलाई निष्कासन गरेर आवस्यक्ता अनुसार जिल्ला कमिटीमा नयाँ सदस्य थप्ने र कार्तिक २१ र २२ गते कपुरकोटको सल्लेखोला र कालिमाटीमा भएको गाडी दुर्घटनामा परि ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गने निर्णय गरेको उपसचिव दानबहादुर केसीले नयाँ दृष्टिलाई बताए ।

बैठकमा जिल्लाको १० वटै स्थानिय तहका पार्टी अध्यक्ष र ईञ्चार्जहरुले पार्टीको अवस्था बारे रिपोर्टीङ गर।ेका थिए भने प्रदेश कमिटीका सवै सदस्यहरु र केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज गुलाबजंग शाहले निर्देशनात्मक मन्तव्य राखेका थिए ।

पार्टी अध्यक्ष गोविन्द पुनको अध्यक्षतामा बसेको वैठकको संचालन (उद्धघोषन) उपसचिव दानबहादुर केसीले गरेका थिए ।