April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
सल्यानमा एकीकृत समाजवादीका वडा कमिटी सचिव एमालेमै फर्किए

सल्यानमा एकीकृत समाजवादीका वडा कमिटी सचिव एमालेमै फर्किए

कार्तिक २६, सल्यान । सल्यानमा नेकपा एकीकृत समाजवादी पार्टीका एक जना वडा कमिटी सचिव एमालेमै फर्किएका छन ।

पार्टी बिभाजन पछि नेकपा एमालेकाे कार्यक्रम भनी एकीकृत समाजवादीको कमिटीमा राखेको भन्दै जिल्लाको शारदा नगरपालिका वडा नं ३ का वडा कमिटी सचिब तथा नगर कमिटी सदस्य ध्रुव कुमार विष्टले एक बिज्ञप्ति जारी गर्दै नेकपा एमालेमै रहेको बताएका हुन ।

नेकपा एसको कार्यक्रममा आफू नबस्ने भन्दभन्दै पनि छक्याएर कमिटी राखेकोमा उनले आपत्ति जनाएका छन । बिष्टले आफु नेकपा एमाले मै भएको र अरुलाई पनि भ्रममा नपरि सजग रहन बिज्ञप्तिमार्फत आग्रह गरेका छन ।

विष्टले शुक्रबार विहान नेकपा एमालेका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलावजंग शाह लगाएत प्रदेश र जिल्ला कमीका नेतागणहरुको उपस्थितिमा बिज्ञप्ति जारी गरेका हुन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज