September 21, 2026, Monday
२०८३ आश्विन ५, सोमबार
जिल्ला अधिबेशनको लागी प्रतिनिधि चयन गर्न आज १० वटै पालिकामा एमालेको बैठक

जिल्ला अधिबेशनको लागी प्रतिनिधि चयन गर्न आज १० वटै पालिकामा एमालेको बैठक

पौष १४, सल्यान । नेकपा (एमाले)ले पुस २३ गते देशभर अधिबेशन गर्ने केन्द्रीय कार्यक्रम अनुसार सल्यान जिल्लामा पनि अधिबेशन तयारी सुरु भएको छ ।

अधिबेशनमा सहभागी हुने प्रतिनिधि छनाैटकाे लागि आज १४ गते, बुधबार एकै साथ सल्यानका १० स्थानीय तहकाे बैठक बस्दै छ ।

जस अनुसार शारदा नगरकमिटीकाे शारदा नपाकाे हाेटल प्याराडाईज, बागचाैर नगरपालिकाे शारादाटप हाेटेल बागचाैर, बनगाड कुपिण्डे नगरपालिका सल्लिबजार, दार्माको फारुला, कुमाखको रागेचाैर, सिद्ध कुमाखको ढाेरचाैर, त्रिबेणीको लुहाम, कपुरकाेटको सगरमाथा हाेटल कपुरकाेट, छत्रेश्वरीको भाेटेचाैर र कालिमाटीकाे पुतलि बजारमा बैठक बस्ने प्रचार प्रसार उपसमिति संयाेजक दिपेन्द्र प्रकाश डि.सीले बताए ।

बैठकले प्रतिनिधि छनाैटकाे प्रकृया अगाडि बढाउने छ । पार्टीको बिधान अनुसार प्रतिनिधि छनाैट गरेर पुस १७ गते भित्र जिल्ला पार्टीकार्यालयमा प्रतिनिधिकाे बिवरण पेश गरि सक्नु पर्नेछ भने
१० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनाेट हुनेछ ।

जस्मा ३३% प्रतिशत महिला अनिवार्य हुनुपर्ने दलित तथा जनजातिकाे हकमा सम्बन्धित पालिकाले निर्णय गर्ने पार्टीको जिल्ला कमिटी बैठकले निर्देशन गरेको छ ।