श्रीमान्‌को हत्या गरेको आरोपमा श्रीमती सहित ५ जना पक्राउ

श्रीमान्‌को हत्या गरेको आरोपमा श्रीमती सहित ५ जना पक्राउ

कैलाली/ भदौ-१०

कैलालीमा श्रीमान्‌को हत्या गरेको आरोपमा श्रीमती सहित पाँच जना पक्राउ परेका छन।

जिल्लाको नगरपालिका लम्कीचुहा घर भई जानकी गाउँपालिका–अमरावतीस्थित ससुरालीमा बस्दै आएका दीपक सुनारको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मृतककी श्रीमती एमुना सुनार, उनका प्रेमी लम्कीका दुर्योधन सुवर्णकार, टीकापुर–३ का रामराजेश महतो तथा कञ्चनपुरको बेलौरी–८ का बीरेन्द्र राना र भीम राना रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार एमुना र सुवर्णकारले अन्य तीन जनालाई सुपारी दिएर जीवनको हत्या गराएको खुलेको छ।

अनुसन्धानका क्रममा पक्राउ परेकाहरूका अनुसार एमुनाले ‘मसानी भगाउने’ भन्दै श्रीमान् दीपकलाई स्कुटीमा राखेर जंगलतर्फ लगेको र जंगलमा पुगेपछि दीपक माथि हतियार प्रहार गरी हत्या गरिएको र त्यसपछि शव कर्णाली नदीमा फालेको पक्राउ परेकाहरूले बयान दिएको प्रहरीले जनाएको छ। भने अहिलेसम्म दीपकको शव फेला परेको प्रहरीले बताएको छ।