सल्लाको रुखले च्यापेर सल्यानमा एक जनाको मृत्यु

सल्लाको रुखले च्यापेर सल्यानमा एक जनाको मृत्यु

सल्यान/भदौ-७

सल्यानमा सल्लाको रुखले च्यापेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको शारदा नगरपालिका-५ ढार सामुदायिक वनमा खोटो संकलन गर्ने क्रममा सुकेको सल्लाको रुख ढलेर च्याप्दा कपुरकोट गाउँपालिका-२ का ३० वर्षीय बिकाश श्रीष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सल्यानको श्रीनगर स्थित मनकामना रोजिन एण्ड केमिकल उद्योग प्रा.लि मा कार्यरत रहेका मगरलाई रुखले च्यापेको जानकारी पछि जिल्ला प्रहरी कार्यालय सल्यान बाट प्रहरी निरीक्षक देवराज भट्टराईको कमाण्डमा सात जनाको टोली घटनास्थल पुग्दा रुखले च्यापिएर गम्भीर घाइते भएका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।