सल्यानमा खोलाले बगाउँदा १ जनाको मृत्युु,१ जना घाइते

सल्यानमा खोलाले बगाउँदा १ जनाको मृत्युु,१ जना घाइते

सल्यान/ भदौ-८

सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छ्न।

मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका–४ का ७२ वर्षीय देउरुप डाँगि सोमबार साँझ पानीचौर बाट काम सकेर घर फर्कदै गर्दा खोला तर्ने क्रममा बाफुखोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

त्यस्तै घाइते हुनेमा सल्यानको बागचौर नगरपालिका–११ कुकुरगारेका ४७ वर्षीय भीमबहादुर वली रहेका छन।
उनलाई सोही खोलाले घटनास्थलबाट करिब ५० मिटर तल बगाएको अचेत अवस्थामा उद्धार गरी स्थानीय मेडिकलमा उपचार भइरहेको तर उनको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।