May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
भेरी नदिको किनारमा फेला परेको लासको सनाखत

भेरी नदिको किनारमा फेला परेको लासको सनाखत

असोज २७, सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार स्थित भेरी नदिको किनारमा फेला परेको लासको पहिचान खुलेको छ ।

उक्त लास सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ चिउराकाडाका ३५ बर्षीय कृति बहादुर बिष्टको रहेको खुलेको छ । उनी गत असोज २२ गते देखी घरबाट बेपत्ता भएका थिए । लासको उनका भिनाजु भिम बहादुर बुढाले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

बिष्टको लास शनिबार दिउँसो स्थानीयले नुहाउने क्रममा भेरी नदिको किनारमा देखेका थिए ।

यो पनि

भेरी नदिको किनारमा एक पुरुषको बेवारिसे लास फेला

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज