February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
भेरी नदिमा सल्यानकी एक महिलाको शव फेला : एक बालिका बेपत्ता

भेरी नदिमा सल्यानकी एक महिलाको शव फेला : एक बालिका बेपत्ता

जेठ १७, सल्यान।

भेरी नदी किनारमा एक महिलाको शव फेला परेको छ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ पोखराकी अन्दाजी ४० वर्षकी पार्वती कामीको शव सुर्खेत सिम्ता गाउँपालिका ६ राकम स्थित भेरी नदीमा फेला परेको हो।

भेरी नदिमै पौडी खेल्न गएकी एक बालिका बेपत्ता भएकि र उनको खोजी कार्य गर्ने क्रममा उनको शव फेला परेको हो।

बनगाड कुपिण्डे नगरपालिका ३ काराकी अन्दाजी १४ वर्षीया गीता वि.क धान कुटन मिलमा गएको बेला मंगलबार दिउँसाे ४ बजेको समयमा पाैडी खेल्दा भेरी नदिमा बेपत्ता भएकी थिइन।

खोजी कार्य गर्ने क्रममै पार्वतीको शव नदिको किनारमा फेला परेको हो। उनका श्रीमान ३ बर्ष पहिले मृगौला क्यान्सरका कारण मृत्यु भए पश्यात मानसिक समस्या रहेको र केही दिन अघि मात्र घर देखि हराएको स्थानीय बताउछन् ।

उता बेपत्ता भएकी गिताको भने खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज