September 20, 2026, Sunday
२०८३ आश्विन ५, सोमबार
सल्यानको कुपिण्डे दहमा टिकटक बनाउने क्रममा चिप्लिएर एक पुरुष बेपत्ता

सल्यानको कुपिण्डे दहमा टिकटक बनाउने क्रममा चिप्लिएर एक पुरुष बेपत्ता

साउन १०, सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिका ८ बाबियाचौरमा रहेको कुपिण्डे दहमा टिकटक बनाउने क्रममा चिप्लिएर एक जना पुरुष बेपत्ता भएका छ्न।

सल्यानको कपुरकोट गाउँपालिका ६ सिन्बाङ स्थायी घर भइ दाङको तुलसीपुर उपमहानगरपालिका ६ बस्ने अन्दाजी ३७ बर्षिय बेद बहादुर बस्नेत मंगलबार दिउँसो १२:३० बजेको समयमा कुपिण्डे दहको डिलमा टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

घटनाको बारेमा जानकारी पाउन साथ उत्त स्थानको प्रहरी पोस्टबाट प्रहरी निरीक्षक सनत कुमार शाहको कमान्डमा ४ जना र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक सन्तोष खनालको कमान्डमा ४ जनाको टोलि खटाइ खोज तलासीको कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले बताएका छ्न।

तस्वीर : बामदेब केसी