May 17, 2025, Saturday
२०८२ जेष्ठ ४, शनिबार
साथीको उपचार गराउन भारत गएका सल्यानका डाँगी ५ महिना देखि बेपत्ता

साथीको उपचार गराउन भारत गएका सल्यानका डाँगी ५ महिना देखि बेपत्ता

चैत्र २४, सल्यान । सल्यान डाँगीगाउँका याम बहादुर डाँगी ५ महिना देखि भारतबाट बेपत्ता भएका छन् ।

साथीको उपचारका लागि भारत पुगेका सल्यान बागचौर नगरपालिका ९ का याम बहादुर डाँगी बिगत मंसीर देखि बेपत्ता भएका हुन् । साथी गणेश डाँगीको उपचारका लागि सहयोगी बनेर गएका उनि भारतको गुजरात प्रदेश राजकोट जिल्लाबाट बेपत्ता भएको उनका बुबा शेर बहादुर डाँगीले बताए ।

उनि २०७७ मंसिर ९ गते बेपत्ता भएका थिए । बाग्चौर नगरपालिका ९ डाँगीगाउँ घर भएका ३२ बर्षिय याम बहादुर डाँगी अहिलेसम्म सम्पर्क बिहिन रहेको बताईएको छ । डाँगीका बुबाका अनुसार भारतको गुजरात प्रदेश, राजकोट जिल्ला धावा जक्सन महिला कलेज चोकको चन्द्रेस्वरीको होटेलबाट राती करिव ११ बजे देखि उनि हराएका हुन् । अन्तिम पटक फोन सम्पर्क त्यहि बाट भएको बुबा शेर बहादुर डाँगी सुनाउछन ।

राती सुर्ती किन्न गएका यामबहादुर डाँगी त्यसपछि नफर्किएको उनका साथि गणेश डाँगीले बताउने गरेको बुबा शेरबहादुर डाँगीले बताउछन ।

सम्पर्कबिहिन भएका डाँगीको घरमा श्रीमती र छोरा- छोरी छन् भने साथमा आमा बुबा पनि छन् । बुबा शेर बहादुर डाँगीले भारतमा बस्नु हुने नेपालीहरुले कतै देखे वा भेटेमा आफुलाई खबर गर्न समेत आग्रह गरेका छन् । उनले भने ‘अहिलेसम्म छोराको अत्तोपत्तो छैन, घरमा परिवारहरु पर्खेर बसेका छौ’।

कतै देखेमा ९८०९७८४५९७ र ९८६८१९०९५० मोबाईल नम्बरमा फोनगरि सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रकाशित मिति : २५, चैत्र २०७७, मंगलवार ।