भेरी नदिमा भेटिएको शवको पहिचान
पुष ९ , सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका – २ कालाभिर नजिकै भेरी नदीमा भेटिएको शवको पहिचान भएको छ ।
शव जाजरकोट जिल्लाको भेरी नगरपालिका – ३ का अन्दाजी २६ वर्षीय विक्रान्त केसीको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
केसी गत कार्तिक ८ गते देखी हराइरहेका थिए । उनको शव शुक्रबार बेलुकी करिब ५ बजेको समयमा भेरी नदीमा तैरिरहेको अवस्थामा भेटिएको थियो ।
भेरी नदीमा तैरिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खोजतलास गर्ने क्रममा केसीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठले बताए ।
जाजरकोटमा उनका परिवारले विक्रान्तको शव नभेटिएपछि कुसको शव बनाएर दाहसंस्कार गरेका थिए ।
यो पढ्नुहोस ।
#शव फेला #भेरी नदि
प्रतिकृया दिनुहोस्