February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
सल्यानमा जङ्गलमा सडेको अवस्थामा एक पुरुषको शव फेला

सल्यानमा जङ्गलमा सडेको अवस्थामा एक पुरुषको शव फेला

बैशाख ०२, सल्यान । सल्यानमा जङ्गलमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

जिल्लाको शारदा नगरपालिका ७ कागेखोला स्थित मसिना सामुदायिक जंगलको भिरमा सडेकोको अवस्थामा शारदा नगरपालिका ७ ओख्रेनीका ३८ बर्षीय भद्र बहादुर बि.कको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

गत चैत १२ गते घरबाट निस्किएर बेपत्ता भएका बि.क जङ्गलमा मृत फेला परेका हुन । उनको शव बाख्रा चराउन गएकी एक महिलाले शुक्रवार देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । शव पहिचान गर्न नसक्ने अवस्थाको भएपछि मृतकका छोराले लगाएको कपडाको आधारमा पहिचान गरेका थिए ।

मृतक बि.कको मानसिक अवस्था कमजोर भएको र मृत्यु के कति कारण भएको भन्ने बारे खुल्न नसकेको बताइएको छ ।

उनको शव पोस्टमार्टमकोलागि जिल्ला अस्पताल सल्यान तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

तस्वीर : फाइल फोटो

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज