February 23, 2024, Friday
२०८० फाल्गुन ११, शुक्रबार
सल्यानमा नदिमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला

सल्यानमा नदिमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला

पुष ९, सल्यान ।

सल्यानमा नदिमा तैरी रहेको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका २ कालिभिर नजिकै भेरी नदीमा तैरिरहेको अवस्थामा पुरुषको शव भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

शुक्रवार अन्दाजी साँढे ५ बजेको समयमा जिल्लाको भेरी नदीको किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शवको सनाखत नभएको जनाएको छ । अन्दाजी २०/२१ वर्षीय पुरुषलाई जाजरकोटतिरबाट नै बगाएर ल्याएको हुन सक्ने अनुमान गरीएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठले बताए ।

अहिले पुरुषको शव निकालेर ईलाका प्रहरी कार्यालय सल्लीबजारमा राखिएको र सनाखतको प्रयास भइरहेको उनले जानकारी दिए ।

उक्त शवको प्रहरीले मुचुल्का उठाएपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइने छ ।

तस्वीर : फाइल फोटो

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज