सुर्खेतमा प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ ( भिडियो सहित )
चैत ०४, सल्यान । ईलाका प्रहरी कार्यालय बाबियाचौरले डिउटीमा रहेका असई राजेश केसी र प्रहरी जवान लक्ष्मण बहादुर बिष्टलाई घुस दिन खोज्नेलाई पक्राउ गरेको छ ।
मंगलबार, ट्राफिक प्रहरीको चेकिङ्गमा परेका बेला घुस दिएर उम्किन खोजेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पन्चपुरी नगरपालिका १० बस्ने ४६ वर्षीय चक्र टमाटा र सोही ठाउँ बस्ने ३७ बर्षिय धर्म तिरुवा रहेका छन ।
मादक पदार्थ सेवन गरेर बाइक चलाई रहेका उनहरूले प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई पैसा दिएर उम्कन खोजेका थिए । मंगलबार, पन्चपुरी नगरपालिका ५ पालबजार स्थित ईलाका प्रहरी कार्यालय बाबियाचौर बाट खटिएको ट्राफिक प्रहरी सहितको टोलीले चेकजाँचमा खटिएको थियो ।
प्रहरीलाई घुस दिन खोज्ने उनिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए । पक्राउ परेका दुवै जना लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ईमान बेचेर काम गर्दिन : असई राजेश केसी
त्यस्तै डिउटीमा रहेका बेला आफुलाई दिइएको घुस रकम अस्वीकार गरेका असई राजेश के.सी आफू इमान कमाउन प्रहरी सेवामा लागेकोले ईमान बेचेर पैसा नकमाउने बताएका छन ।
“ईमान कमाउन आवद्ध भएको हु । म आफ्नो ईमान बेचेर काम गर्दिन ।” उनले भने ” एउटा सानो झुपडी भए पुग्छ । परिवारमा खुशीयाली छाओस । पैसा सब थोक हैन, इज्जतले सदैव शिर ठाडो बनाएर हिड्न पाए पुग्छ ।”
उनले आफुलाई घुस दिएर फसाउन खोज्नेलाई कारबाही होस भनेर पक्राउ गरेर मुद्दा चलाएको बताएका छन । प्रहरीलाई घुस प्रस्ताव गरेको भिडियो पनि सामाजिक संजालमा सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :
प्रतिकृया दिनुहोस्