सल्यानमा एक प्रहरी इनिस्पेक्टरले दुर्घटना प्रमाणित गर्न १० हजार रुपैयाँ मागेपछी…..
सल्यान,०२ चैत । सल्यानमा एकजना प्रहरी इनिस्पेक्टर निशुल्क प्रमाणित गर्नपर्ने सवारी दुर्घटना प्रमाणीकरणको लागी रू. १० हजार रकम माग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी परेको छ ।
सोमबार, नव कान्तिपुर भलाइ तथा ईन्भेष्टमेन कम्पनी प्राली दाङ शाखाका प्रमुख तथा कृयाशिल पत्रकार महेन्द्र महराले इलाका प्रहरी कार्यालय लुहाम सल्यानमा कार्यरत प्रहरी इनिस्पेक्टर श्याम कुमार यादव विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन ।
२ फागुन २०७७ मा जिल्लाको कपुरकोट गाउँपालिका वडा न. ३ तल्लो बजारमा बा ४ ख ५३६३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको थियो । बस दुर्घटनाकाे प्रमाणित गरिदिन् आफुबाट १० हजार मागेकाे भन्दै नव कान्तिपुर भलाइ तथा ईन्भेष्टमेन कम्पनी प्रालि दाङ शाखाका प्रमुख महेन्द्र महराले जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएका हुन ।
दुर्घटना विमा रकमकाे भुक्तानीका लागि प्रहरी अधिकृतद्वारा प्रमाणित पत्र चाहिने र त्यसकाे लागि पटकपटक उनि दाङबाट लुहाम आउँदा यसअघि केहि कागजपत्र नपुग्दा काम भएकाे थिएन् । तर साेमबार सबै कागज तयार बनाएर इप्रका लुहाम आउँदा इनिस्पेक्टर यादवले प्रमाणित गरिदिन १० हजार मागेकाे उनले बताए ।
उनले भने, ‘सबै कागजपत्र पुर्याएर इप्रका पुगे, उहाँहरुले प्रमाणितकरणकाे पत्र प्रिन्ट पनि गर्नुभयाे, तर अन्तिममा १० हजार रुपैयाँ दिनुहाेस् नत्र हामी प्रमाणित पत्र दिन्नाैं भन्नुभयाे । म सँग त्यत्राे पैसा छैन याे निशुल्क हुने काममा किन पैसा दिनुपर्याे भनेर मैले तर्क गरे तर उहाँले पत्रमा हस्ताक्षेर गरिदिनु भएन् ।’
त्यसपछि उनि प्रमाणितकरणकाे पत्रकाे लागि जिल्ला प्रहरी कार्यालयमा पुगेकाे बताए । जिप्रका पुगेर उनले इनिस्पेक्टरले १० नदिदा प्रमाणितकरण नगरेकाे भन्दै उजुरी दिएका छन् ।
उजुरी पछ्यात इनिस्पेक्टर यादवलाइ जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि बाेलाएकाे छ । उजुरी निवेदन परेकाे र उनिमाथी अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गाेविन्द थापाले बताए ।
फाइल फोटो ।
हेर्नुहाेस् उजुरी पत्र :
प्रतिकृया दिनुहोस्