May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
भेरी नदिको किनारमा एक पुरुषको बेवारिसे लास फेला

भेरी नदिको किनारमा एक पुरुषको बेवारिसे लास फेला

असोज २७, सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार स्थित भेरी नदिको किनारमा एक बेवारिसे लास फेला परेको छ ।

अन्दाजी ४०/४१ बर्षको गहुगोरो बर्ण भएको हल्का दारी-जुँगा पालेको, रातोसेतो रङको चकवाला सर्ट लगाएको र माथी कालो तल पँहेलो रङको गञ्जी र तल खरानी रङको ट्रयाक लगाएको हुलिया भएको नामथर वतन नखुलेको पुरुष व्यक्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

शनिबार ११:४५ बजेको समयमा स्थानिय सुनिल कार्कीले नुहाउने क्रममा लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले त्यस स्थानमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताउनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज