April 29, 2025, Tuesday
२०८२ बैशाख १७, बुधबार
सल्यान जिसस बिवाद काण्ड:उपाध्यक्ष भन्छिन् उपसभापतिलाई  लगाएको आरोप टाइपिङ मिस्टेक हो

सल्यान जिसस बिवाद काण्ड:उपाध्यक्ष भन्छिन् उपसभापतिलाई लगाएको आरोप टाइपिङ मिस्टेक हो

जेठ २६, सल्यान।

हिजो मात्र एक बिबादास्पद बिज्ञपति निकालेकी सल्यान जिल्ला त्रिबेणि गाउँपालिकाकी उपाध्यक्ष सीता खड्का पुनले आज फेरि बोली फेरेकी छिन।

बिहिवार उनले जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारहरुलाइ समर्थनकोलागि पार्टीका सभापती केश बहादुर विष्ट र उपसभापती सन्तोष केसी विरुद्ध उनिहरुले नागरिकता लगायतका कागजात मागि नेकपा समाजबादी तर्फका जिससका विपक्ष उम्मेदवार आफ्नै पार्टीको उम्मेदवार हुन भनेर झुक्याइ सहयोग गर्नुहोस भनेर तयारी कागजातमा अध्ययन गर्ने समय समेत नदिइ हस्ताक्षर गर्न पठाएको आरोप लगाएकी थिइन।

यस्तो थियो हिजोको बिज्ञपति

यस्तो आरोप लगाएकी पुनले आज मात्र फेरि फेसबुक मार्फत एक नोट लेख्दै आफू हिजो कामको सिलसिलामा खलंगा रहेको र उक्त बिज्ञपति आफ्नो कार्यकक्षबाट प्रकाशित नभइ कुनै कम्प्युटर पसलबाट टाइप गरि प्रचार गरेको आरोप लगाएकी छिन।

उनले जिल्ला पार्टी सभापति केश बहादुर बिष्टले आफुलाइ फरक पार्टीलाई समर्थन गर्न लगाएको र उपसभापति सन्तोष केसिको भने यस बिषयमा कुनै संलग्नता नभएको जानकारी सहित नोट सार्वजनिक गरेकी हुन।

प्राबिधिक मिस्टेकले मात्र उनले केसिको नाम आएको पनि उल्लेख गरेकी छिन।

आजको नोट:-

यो पनि पढ्नुहोस।

जिसस सल्यानको उम्मेदवारीमा विवाद:काङ्ग्रेस पार्टी सभापति र उपसभापतिले फरक पार्टीको समर्थनमा जबर्जस्ति हस्ताक्षर गर्न लगाएको आरोप

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज