March 3, 2024, Sunday
२०८० फाल्गुन २०, आईतवार
सल्यानमा “घर घर जाँउ काङ्ग्रेस जिताउ” अभियान अन्तर्गतका कार्यक्रम हुने

सल्यानमा “घर घर जाँउ काङ्ग्रेस जिताउ” अभियान अन्तर्गतका कार्यक्रम हुने

८ चैत , सल्यान।

सल्यानमा नेपाली काङ्ग्रेसले “घर घर जाँउ काङ्ग्रेस जिताउ” अभियान अन्तर्गत औपचारिक कार्यक्रमहरु गर्ने भएको छ।

नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य राजिव विक्रम शाहको प्रमुख आतिथ्यमा प्रदेश सभा “ख” सल्यान अन्तर्गतका गाउँपालिका तथा नगरपालिकाहरूमा “घर घर जाँउ कांग्रेस जिताऔं” अभियानका औपचारिक कार्यक्रमहरू संचालन हुन लागेका हुन।

औपचारिक कार्यक्रम अन्तर्गत २०७८/१२/१८ कपुरकोट गाउँपालिकाको कपुरकोटमा, १९ गते त्रिवेणी गाउँपालिकाको लुहाममा २० गते ,छत्रेश्वरी गाउँपालिकाको भोटेचौरमा , २१ गते कालिमाटी गाउँपालिकाको कालिमाटी बजारमा र २२ गते शारदा नगरपालिकाको टुडिखेलमा संचालन हुनेछ।

कार्यक्रममा उपस्थितकोलागि नेपाली कांग्रेसका नेता, जिल्ला कार्य समितिका सबै पदाधिकारीहरु, प्रदेश सभा “ख” का सम्पुर्ण पदाधिकारी , क्षेत्रिय प्रतिनिधीहरु, क्रियाशील सदस्यहरु, शुभेच्छुक संघसंस्था एवम् भातृ संस्थाका पदाधिकारीहरु लगायत सम्पुर्णमा नेपालि काङ्ग्रेसका क्षेत्रिय सभापति शुरेश अधिकारीले सबैलाई अनुरोध गरेका छन ।

चुनाव नजिकिए सङ्गै नेपाली काङ्ग्रेस सल्यानले चुनावी अभियानलाई तीव्रता दिएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज