यी हुन सल्यानका १० पालिकाका नेपाली काङ्ग्रेस उम्मेदवारहरु
१२ बैशाख , सल्यान।
नेपाली काङ्ग्रेस सल्यानले १० वटै स्थानीय तहको अन्तिम उम्मेदवारि टुंग्याएको छ।
जस अन्तर्गत छत्रेश्वरि गाउँपालिकाको अध्यक्षमा केश बहादुर बिष्ट उपाध्यक्षमा सीता गिरि , शारदा नगरपालिकाको प्रमुखमा प्रकाश भन्डारी उपप्रमुखमा सुस्मिता सापकोटा, त्रीवेणि गाउँपालिकामा खिम बहादुर रावत उपाध्यक्षमा सीता खड्का पुन रहेका छन।
त्यस्तै कपुरकोट गाउँपालिकामा बिश्नु कुमार शर्मा उपाध्यक्षमा ओकि महतारा, कालिमाटी गाउँपालिकामा अध्यक्ष भरत पुन उपाध्यक्ष कासिमाया राना छन।
यसैगरी बागचौर नगरपालिकाको प्रमुखमा जनकराज गौतम ,सिद्ध कुमाख गाउँपालिकाको अध्यक्षमा भरत गिरि उपाध्यक्षमा पुर्निमा चलाउने,कुमाख गाउँपालिका अध्यक्षमा मान बहादुर बुढाथोकि, दार्मा गाउँपालिकाको अध्यक्षमा रामचन्द्र केसि र बनगाड कुपिन्डे नगरपालिका प्रमुखमा सुन्दरा शाही र उपप्रमुखमा पुरुशोत्तम आचार्य रहेको नेपाली काङ्ग्रेस सल्यानले बताएको छ।
सत्ता साझेदारी दलहरुले सल्यानमा गठबन्धन नगर्ने भएका छन् । दलहरु अब मनोनयन दर्ता गर्ने प्रक्रिया मै छन् ।
⤵️
नेपाली काङ्ग्रेस सल्यान शारदा नगरपालिकाको मेयर उम्मेदवारको टुंगो : प्रमुखमा प्रकाश भण्डारी
प्रतिकृया दिनुहोस्