September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
नेपाली काङ्ग्रेस सल्यानको बिज्ञप्ती : स्वतन्त्र उम्मेदवारहरुलाइ उम्मेदवारी फिर्ता गर्न आग्रह

नेपाली काङ्ग्रेस सल्यानको बिज्ञप्ती : स्वतन्त्र उम्मेदवारहरुलाइ उम्मेदवारी फिर्ता गर्न आग्रह

१३ बैशाख , सल्यान।
नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सल्यानले जिल्लामा पार्टीका कृयाशिल सदस्य तथा विभिन्न तहमा पुगेका नेताहरुले दिएको स्वतन्त्र उम्मेदवारी प्रती ध्यानाकर्षण भएको बताएको छ।

मंगलवार एक बिज्ञप्ति निकाल्दै समितिको निर्णयले प्रत्येक स्थानीय तहमा उम्मेदवारीको आकांक्षी हुन स्वाभाविक भएको र नेपालको संविधान अनुसार उम्मेदवार बन्ने पद सिमित भएकाले सबैलाई समेट्न नसकिएको स्वीकार गर्दै उम्मेदवारीको सवालमा सबैलाइ न्यायोचित ढंगले समेटेको भन्दै जिल्लाका पालिका भित्र बागीको झल्को देखिने गरि उम्मेदवारी दिएका प्रतिनिधिहरुलाइ १५ गते सम्म आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो

साथै उम्मेदवार दिएका स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता गरि चुनावमा उम्मेदवारहरुलाइ सहयोग गरि जिताउन समेत नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सल्यानले अनुरोध गरेको छ।

यस्तो छ बिज्ञप्ति