September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
स्वतन्त्र उम्मेदवारहरुलाई भोलिसम्म उम्मेदवारी फिर्ता नेपाली काङ्ग्रेस सल्यानको आग्रह

स्वतन्त्र उम्मेदवारहरुलाई भोलिसम्म उम्मेदवारी फिर्ता नेपाली काङ्ग्रेस सल्यानको आग्रह

१६ बैशाख, सल्यान।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सल्यानले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनकोलागि नेपाली काङ्ग्रेस पार्टीबाट स्वतन्त्र उम्मेदवार दिएका उम्मेदवारहरुलाई भोलि अर्थात बैशाख १६ गते सम्म उम्मेदवारी फिर्ता गर्न आग्रह गरेको छ।

कार्यसमिति सल्यानले पुनः आज बिहान एक बिज्ञप्ति निकाल्दै यस्तो आग्रह गरेको हो। पार्टी भित्र जिल्लामा विभिन्न पदिय दायित्वमा रहनु भएका, पार्टीका कृयाशिल सदस्य तथा अन्य शुभेच्छुकहरुको स्थानीय तह निर्वाचनको माध्यमबाट समाज सेवा गर्ने अवसर प्राप्त नभएको स्थितिमा पक्कै दुखी बनाएको र आगामी दिनमा सबैको मेहनत, लगानी लगनशीलता तथा प्रभावको उचित मुल्यांकन गरि थप जिम्मेवारी दिने आश्वासन दिदै यस्तो आग्रह गरेको हो।

साथै समितिले पार्टीको निति तथा निर्देशनलाई पालनगरी नेपाली काङ्ग्रेसको निष्ठाको बाटोमा अगाडि बढ्न अपील गर्दै स्वतन्त्र उम्मेदवारहरु भोलि दिउसोसम्म उम्मेदवारी फिर्ता गरि पार्टी भित्रबाट आधिकारिक रुपमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाइ विजय बनाउन जिम्मेवारी लिन पनी अनुरोध गरेको छ।

यस्तो छ बिज्ञप्ति