January 18, 2026, Sunday
२०८२ माघ ५, आईतवार
जिसस सल्यानको उम्मेदवारीमा विवाद:काङ्ग्रेस पार्टी सभापति र उपसभापतिले फरक पार्टीको समर्थनमा जबर्जस्ति हस्ताक्षर गर्न लगाएको आरोप

जिसस सल्यानको उम्मेदवारीमा विवाद:काङ्ग्रेस पार्टी सभापति र उपसभापतिले फरक पार्टीको समर्थनमा जबर्जस्ति हस्ताक्षर गर्न लगाएको आरोप

जेठ २६, सल्यान।

जिल्ला समन्वय समिती सल्यानको उम्मेदवारी दिने सिलसिलामा नेपाली काङ्ग्रेस भित्र चरम बिवाद देखिएको छ।

प्रमुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट मान बहादुर ओलि र बेलाराम रावल गरेर २ जनाको उम्मेदवारी परेपछी मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले अधिकारीक उम्मेद्वारको माग गरेको थियो।

निर्वाचन अधिकृतले माग गरे अनुसार नेपाली काङ्ग्रेस सल्यानले पार्टीको आधिकारिक उम्मेदवारको रुपमा बेलाराम रावल रहेको प्रमाणीत गरेको थियो।

पार्टी भित्र देखिएको अर्को अन्तरद्वन्द पराकाष्ठको अर्को रुप  त्रिबेणि गाउँपालिकाकी उपाध्यक्ष सीता खड्का पुनले सार्वजनिक गरेकी छिन।

उनले पार्टीका सभापती केश बहादुर विष्ट र उपसभापती सन्तोष केसी विरुद्ध गम्भीर आरोप सहित बिज्ञपति निकालेकी छिन।

केसि र बिष्ट विरुद्ध उनले नागरिकता लगायतका कागजात मागि नेकपा समाजबादी तर्फका जिल्ला समन्वय समितिका विपक्ष उम्मेदवारलाई सहयोग गर्नुहोस भनेर आफ्ना तयारी कागजातमा अध्ययन गर्ने समय समेत नदिइ जबर्जस्त दस्तखत गर्न पठाएको अरोप लगाएकी छन।

उनले नेकपा समाजाबादीका उम्मेदवारी डागीलाई आफ्नो पार्टीका उम्मेदवार हुन भनेर झुक्याउन खोजी आफुलाइ जवरजस्ती समर्थन गर्न खोजिएको उल्लेख गरेकी छिन।

उनले प्रस्ताव र समर्थन दस्तखत गरेको उम्मेदवार लोक बहादुर डागी प्रती कुनै समर्थन वा सहयोग नरहने कुरा समेत उल्लेख गरेकी छिन।

साथै उनले नेपाली कांग्रेसका आधिकारिक उम्मेद्वार बेलाराम रावललाइ समर्थन गर्ने विज्ञप्ती मार्फत जनाएकी छन।

जिल्ला समन्वय प्रमुखमा नेकपा एमालेबाट भने नारायणी खत्रीको उम्मेद्वारी परेको छ।