June 17, 2026, Wednesday
२०८३ असार ४, बिहीबार
जिल्ला समन्वय समिति सल्यानको प्रमुखमा ४ जनाको उम्मेदवारी दर्ता

जिल्ला समन्वय समिति सल्यानको प्रमुखमा ४ जनाको उम्मेदवारी दर्ता

जेठ २५, सल्यान।
जिल्ला समन्वय समिती सल्यानको प्रमुखमा ४ जनाको उम्मेदवारी परेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार जिल्ला समन्वय समितीको प्रमुख पदकोका लागि ४ जनाले उम्मेदवारी दर्ता  गराएका हुन्।

उम्मेदवारी दिनेहरुमा नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदमा मान बहादुर ओली , बेलाराम रावत, नेकपा एमालेबाट नारायणी खत्री रावत रहेका छन।

साथै नेकपा एकीकृत समाजवादीबाट लोकबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएका छ्न।

यसैगरि उपप्रमुख पदमामा दुइ जनाले उम्मेदवारी दिएका छन्।

जस अन्तर्गत नेकपा माओवादी केन्द्रबाट अशविर बुढाथोकी र नेकपा एमालेबाट बेलबहादुर चन्द रहेका छन ।

सम्पुर्ण उम्मेदवारहरुको नाम थर:-

आइतवार हुने निर्वाचनका लागि २७ गते निर्वाचन चिन्ह प्रदान गरिने छ।

सल्यान जिल्ला समन्वयको प्रमुख र उपप्रमुख गरी ९ सिटका लागि हुने निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुखले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ।