समन्वय उपप्रमुखको ‘पिर्के सलामी’
माघ २६, सल्यान । राजनीतिक व्यक्तिहरू जब शासन गर्ने ठाउँमा पुग्छन्, त्यसपछि किन उटपट्याङयुक्त काम गर्न थाल्छन् भन्ने प्रश्न सधैँ उठिरहने र त्यसले जवाफ भने कहिल्यै नपाइरहेको अवस्था छ ।
पिर्के सलामी’ का कारण विगतमा उच्च ओहदाका थुप्रै ब्यक्ति विवादमा परेका थुप्रै उदाहरणहरु छन् । ‘पिर्के सलामी’ लिने ब्यक्तिलाई सामाजिक सञ्जालहरुमा थुप्रै ब्यंगात्मक टिप्पणी पनि आउने गरेका थिए ।
यसलाई सर्वसाधारणले व्यङ्ग्यका रूपमा युगसँग जोडेर हेर्ने गरेका छन् ।
पिर्कामाथि चढेर सलामी खाँदा जनप्रतिनिधिले आलोचना बेहोर्नु परेको कैयौं उदाहरण छन् । रातो पिर्का वा टेबलमा चढेर सलामी ग्रहण गर्ने जनप्रतिनिधिको आलोचना हुने गरेको कुरा नौलो भने हैन ।
पिर्कामाथि चढेर सलामी ग्रहण गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा एकै छिनमा भाईरल बन्न पुग्छ । त्यस्तो तस्बिरमुनि गालीगलौज गरिएका ‘नेगेटिभ’ कमेन्ट मात्र भेटिन्छन् । यही आलोचना खेपिरहेका छ्न जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असविर बुढाथोकी ‘रैती’ ले ।
सल्यानको कुमाख गाउँपालिकाले पाँचौं राष्ट्रपति रनिङ शिल्डको बुधबार जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असविर बुढाथोकीले उद्घाटन गरेका थिए ।
उनले टेबुलमाथि चढेर सलामी ग्रहण गरेका थिए । जुन अहिले सामाजिक सञ्चालमा भाइरल भइरहेको छ ।
कार्यक्रममा कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीको अध्यक्षता, विशिष्ट अतिथि कुमाख गाउँपालिका निवर्तमान अध्यक्ष दिलमाया बुढामगर, गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्द रहेका थिए ।
रनिङशिल्ड ३ दिनसम्म चल्ने छ । रनिङ शिल्डमा पालिका भित्रका ११ माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा भलिबल, कब्बड्डीका साथै एथ्लेटिक्समा दौड, हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिङ् थ्रो, सटफुट र रिले दौड हुने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्