April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
सल्यानको कुमाख गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी

सल्यानको कुमाख गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी

 जेठ १, सल्यान ।
सल्यानकाे कुमाख गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा एमालेकाे गठबन्धन विजयी भएकाे छ ।
गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका मान बहादुर बुढाथोकीले जित हासिल गरेका छन।

उनले उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार डिल्लीराज जैसीलाई ४६ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन।

जैशीले ४ हजार १२ मत ल्याउदा विजयी बनेका बुढाथाेकीले ४ हजार ५८ मत ल्याएका थिए ।

त्यस्तै उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लाल बहादुर रावत बिजयी बनेका छन।

रावतले ४ हजार १ सय ४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले ३ हजार ९ सय ४३ मत ल्याइन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज