March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
सल्यानमा काङ्ग्रेस उम्मेदवार विरुद्धका बागी उम्मेदवारहरुले गरे उम्मेदवारी फिर्ता

सल्यानमा काङ्ग्रेस उम्मेदवार विरुद्धका बागी उम्मेदवारहरुले गरे उम्मेदवारी फिर्ता

१६ बैशाख, सल्यान।
स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध बागी अर्थात विद्रोही उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छ्न।

कांग्रेसले उम्मेदवारी फिर्ता लिन र पार्टीलाई सघाउन चेतावनी सहित निर्देशन दिएसङ्गै सल्यानका काङ्ग्रेस विरुद्धका बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका हुन।

जस अन्तर्गत छत्रेश्वरि गाँउपालिकाको अध्यक्ष पदका उम्मेदवार नेपाली काङ्ग्रेसका जिल्ला सभापति केशबहादुर बिष्टको विरुद्धमा परेको बागी उम्मेदवार डिल्ली जैसी,उपाध्यक्ष मेगराज भण्डारी सुकलाल खड्काले पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवार फिर्ता लिएका छन ।

त्यस्तै कुमाखमा मानबहादुर बुढाथोकीलाई समर्थन गर्दै राजेस कुमार रेग्मीले उम्मेद्बारी फिर्ता लिएका छ्न।

यता शारदा नगरपालिकामा प्रकाश भन्डारिलाई समर्थन गर्दै सुधन बिष्ट र चेतना शाहले र त्रिबेणि गाउँपालिकामा करुणा खड्काले उम्मेद्बारी फिर्ता गरेका छ्न।

उनिहरुले निर्वाचन अधिकृतको कार्यालय पुगि पार्टीका वास्तविक र आधिकारिक उम्मेदवारलाई निर्वाचनमा सहयोग गर्न तत्पर रहेको भन्दै उम्मेदवारी फिर्ता लिएका हुन।

पार्टीको शुक्रबार सार्वजनिक केन्द्रिय निर्देशन अनुसार निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते शुक्रबार विहान १० (दश) बजेदेखि ५ (पाँच) बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएकाे थियो।

उम्मेदवारले तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, उनको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित गरिने चेतावनी दिएकाे थियो।

गठबन्धन भएका कतिपय जिल्लामा कांग्रेसभित्र असन्तुष्ट पक्षले बागी उम्मेदवार दिएका थिए भने गठबन्धन नभएका जिल्लाहरुमा उम्मेदवार छनाेटमा असन्तुष्ट जनाउदै स्वतन्त्र उम्मेदवारी दिएकाे अवस्थामा कांग्रेसले अन्तिम विकल्पमा चेतावनी दिएकाे हाे।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज