सल्यानको दार्मा गाउँपालिकामा काङ्ग्रेसको अग्रता
वैशाख ३१, सल्यान ।
सल्यानको दार्मा गाउँपालिकामा अहिले सम्मको मत गणना परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।
वडानम्बर १ को चार सय मत गणना हुँदा अध्यक्षमा कांग्रेका रामचन्द्र केसीले २४९ मत ल्याएर अग्रता लिएका छन् ।
निर्वतमान अध्यक्षसमेत रहेका माओवादी केन्द्रका उम्मेदवार निमबहादुर केसीले १८३ मत ल्याएका छन् । २०७४ स्थानिय चुनावमा दार्माका सबै वडा माओवादीले जितेको थियो।
यस्तै एमालेका गणेशमान सिंहले ४२ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार दलबहादुर केसीले ३ मत पाएका छन् ।
उपाध्यक्षमा कांग्रेसकी उषा हमाल चन्दले २२०, माओवादीकी जुना मल्ल चन्दले १८८, एमालेकी पुतला खड्का रोकायले ६८ र स्वतन्त्र उम्मेदवार मदन चन्दले ३ मत ल्याएका छन् ।
वडानम्बर १ मा भने वडाध्यक्षमा कांग्रेसका कृष्णबहादुर वली २२१ मतका साथ विजयी भएका छन् । माओवादीका टंकबहादुर वलीले २०२ मत ल्याएका छन् । एमालेका बलबहादुर ओलीले ४८ र स्वतन्त्रका सुरेश चन्दले ३ मत ल्याएका छन् ।
लेखकको सम्वन्धमा