September 20, 2026, Sunday
२०८३ आश्विन ४, आईतवार
प्रजातन्त्र दिवसको अवसरमा नेपाली काङ्ग्रेस दार्मा सल्यान द्वारा भब्य कार्यक्रम सम्पन्न

प्रजातन्त्र दिवसको अवसरमा नेपाली काङ्ग्रेस दार्मा सल्यान द्वारा भब्य कार्यक्रम सम्पन्न

८ फागुन,सल्यान। प्रजातन्त्र दिवसको अर्थात हिजो फागुन ७ गते नेपाली काङ्ग्रेस दार्मा गाउँपालिकाद्वारा भब्य कार्यक्रम सप्पन्न भएको छ।

दार्मा गाउँपालिकाका नेपाली काङ्ग्रेस सभापति कृष्ण बहादुर वलीको सभापतित्वमा सन्चालित कार्यक्रममा प्रमुख अथिति नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य / प्रतिनिधि सभा सदस्य / नेपाल महिला संघकि पूर्व केन्द्रिय सभापति एवम् विद्वान ब्यक्तित्व डा. डिला पन्त संग्रौलाको उपस्थिति रहेको थियो भने विशिष्ट अथितिको रुपमा नेपाली काङ्ग्रेस सल्यानका सभापति एवम जिल्ला समन्वय समिति सल्यानका प्रमुख श्री केशबहादुर बिष्टको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सल्यानी सस्कृती झल्कने रमाइला प्रस्तुति पनि देखाइएको थियो।साथै कार्यक्रममा अन्य विभिन्न महानुभावहरु लगायत थुप्रै शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन रामचन्द्र के सी द्वारा गरिएको थियो ।