पार्टीले वडाध्यक्षको लागी असक्षम भनेपछि राजिनामा घोषणा गरेका खत्रीद्वारा राजीनामा फिर्ता
२९ चैत,सल्यान।
सल्यानमा पार्टीद्वारा आफुलाइ वडाध्यक्ष पदकालागी अयोग्य र असक्षम भनेपछी पार्टी परित्यागको घोषणा गरेका नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सल्लाहकार सदस्य दार्मा गाउँपालिका २ मा उम्मेदवारीका आकांक्षी रहेका सार्कि खत्री(हितैसी)ले राजिनामा फिर्ताको घोषणा गरेका छ्न।
असन्तुष्टि जनाउँदै सामाजिक सञ्जाल मार्फत राजीनामा दिएका दार्माका उनिले ३० बर्ष पार्टीकोलागि योगदान गरेको र पार्टीले आफ्नो योगदानको न्यायोचित कदर गर्न नसकेको भनी शनिबार एक स्टाटस लेख्दै पार्टीको सम्पुर्ण जिम्मेवारी र साधारण समेत नरहने घोषणा गरेका थिए।
राजिनामा दिएको २ दिन नपुग्दै नेता हितैसीले बोली फेरेका छ्न। हिजो (सोमबार) दार्मा गाउँपालिका वडा न २ को बैठकमा उनले पार्टीमा अहिले सम्मको लगानी त्याग योगदान र बलिदानको रक्षा गर्न र टुट फुट विखण्डनले आन्दोलन सफल नहुने भएकाले राजीनामा फिर्ताको लगेको घोषणा गरेका हुन।
संगठनमा रही आन्दोलनको सह पार्टी हुने प्रतिबद्धता व्यक्त गर्दै आम नेपाली जनताले माओवादी आन्दोलनमा लामबद्ध भई समाजवादको यात्रामा सहयोग गर्न अपिल समेत गरेका छन।
प्रतिकृया दिनुहोस्