सल्यानको दार्मा गाउँपालिकाले आ.ब. २०७८/०७९ मा कुल बजेटको ८१ प्रतिशत खर्च गर्यो
प्रकाश शर्मा – साउन १४, सल्यान।
सल्यानको दार्मा गाउँपालिकाले आ. ब . २०७८/७९ काे कुलबजेटबाट ८१ प्रतिशत खर्च गरेकाे बताएको छ ।
दार्मा गाउँपालिका लेखापाल माधव केसिका अनुसार आ. ब. २०७८/०७९ मा दार्मा गाउँपालिकामा अनुमानित बजेट ५० कराेड ६९ लाख ६५ हजार रहेता पनि बास्तविक बजेट ४५ कराेड ३० लाख २२ हजार ८३७ रुपैयाँ आय भएकाे हाे।
जस अनुसार ४१ कराेड ११ लाख ७७ हजार रुपैयाँ खर्च भएकाे छ याे बजेटकाे ८१ प्रतिशत खर्च हो ।
पुजीगत तर्फ आम्दानि १६ कराेड ४६ लाख ९ हजार रुपैयाँ रहेको छ भने
पुजिगत तर्फ खर्च ११ कराेड १६ लाख ४९ हजार रुपैयाँ रहेको छ याे ६७.०९ प्रतिशत हाे ।
त्यसैगरि चालु तर्फ आम्दानि ३४ कराेड ५ लाख ५८ हजार रुपैयाँ रहेको छ भने
खर्च २९ कराेड ९५ लाख २८ हजार रुपैयाँ रहेको छ याे ८७.९५ प्रतिसत खर्च हाे ।
दार्मा गाउँपालिकाको खर्च शिर्षक अन्तर्गत :-
* आर्थिक बिकास शाखामा २ कराेड ११ लाख ३३ हजार ४७० रुपैयाँ।
* सामाजिक विकाश शाखा २४ कराेड १८ लाख २२ हजार ९ सय ४३ रुपैयाँ।
* पुर्वाधार विकाश शाखा ४ कराेड ९२ लाख ३३ हजार ४ सय ४४ रुपैयाँ।
* शुसासन तर्फ ५५ लाख ३३ हजार २ सय ७२ रुपैयाँ।
* कार्यालय संचालन तथा प्रशासनिक खर्च ९ कराेड ३४ लाख ५१ हजार ६ सय ८२ रुपैयाँ खर्च भयकाे थियाे।
यसैगरि संघिय सरकार ३२ कराेड २७ लाख ४८ हजार ३८० रुपैयाँ प्रदेश सरकारबाट २ कराेड ९६ लाख ७७ हजार ९१ रुपैयाँ र राजस्व बाडफाट स्थानीय ,प्रदेश र संघिय सरकारबाट ६ कराेड ५६ लाख ५ हजार २९५ रुपैयाँ आय भएकाे पालिकाले जनाएकाे छ ।
पालिकामा २ कराेड २४ लाख ८ हजार ४० रुपैयाँ फिर्ता भएर गएकाे छ ।
संघिय ससर्त पुजीगतमा ३८ लाख १ हजार ४६८ रुपैयाँ र संघिय ससर्त चालु १ कराेड ६४ लाख ४६ हजार ५७२ रुपैयाँ फ्रीज भएको हो।
लेखकको सम्वन्धमा