सल्यानको कुमाख गाउँपालिकाले गर्यो ५ बर्षे उपलब्धिहरुको सार्बजनिकीकरण
१४ चैत्र , सल्यान ।
सल्यानको कुमाख गाउँपालिकाले स्थानीय सरकार भएदेखि हालसम्मका मुख्य उपलब्धीहरुको सार्बजनिकीकरण गरेको छ ।
आफ्नो ५ बर्षको अवधिमा गरेका कार्य र प्रगति विवरणको हिजो एक कार्यक्रमका बिच गाउँपालिकाकोे सभाहलमा उपलब्धिहरुको सार्वजनिक गरिएको हो।
सार्वजनिककिकरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले उपलब्ध निश्चित सिमित स्रोत र साधनको मितव्ययी परिचालनले गाउँपालिकाले बिकासको आधारशिला खडा गरेको उल्लेख गर्नुभयो ।
बिकासको प्रत्यक्ष अनुभुती गर्न नपाएकाहरुले बिकासको प्रत्याभूत गर्न पाएको र प्रतिनिधिहरुले पनि नयाँ अनुभव बिधि र पद्धतिको निर्माण सङ्गै बिकास निर्माणले सफलता पाउनु कुमाखबासीको ठूलो सफलता भएको बताइन।
उनले प्रतिनिधि भएर आउदा गरेका प्रतिबद्धता सङ्गै अगाडि बढ्न खोज्दा थुप्रै चुनौती जेल्नु परेको र चुनौतीले अवसरको पनि सिर्जना गरेको भन्दै प्रतिबद्धता अनुरुप आफू केही हद सम्म भएपनि सफल रहेको दावी गरेकी छिन।
उनले कार्यकाल भित्र गरेका मुख्य उपलब्धिका रुपमा
हरेक बर्ष गरेका भौतिक पुर्वाधार, बन बाताबरण तथा विपद व्यवस्थापन , कृषि , पशु महिला विकास , गरिवि निवारणका लागि उद्यम विकास , बहुक्षेत्रिय पोषण , न्यायीक समिति , रोजगार सेवा केन्द्रको क्षेत्रमा अनुकरणीय काम भएको बताइन् ।
अन्य मुख्य उपलब्धिमा सामाजिक सुरक्षा भत्ता , स्वास्थ्य , शिक्षा विद्युतको साथै सुशासनका क्षेत्रमा भएका कामका विषयमा पनि जानकारी दिइएको छ ।
कार्यक्रममा सहभागीहरुले भने स्थानीय सरकारसङ्ग सन्तुष्ट हुनेगरि काम हुन नसकेको बताए गाउँपालिकाले योजना तर्जुमाको बेला राजनीतिक दललाई चासो नदिएको , विकासमा आफ्नो तरिकाले काम गरेको , जनताले भनेको भन्दा केहि पहुचवाला व्यक्तीले भनेको ठाउँमा लगानी गरेको भन्दै आलोचना गरेका थिए ।
लेखकको सम्वन्धमा