April 16, 2026, Thursday
२०८३ बैशाख ४, शुक्रबार
सार्वजनिक विदाकाे दिनमा हुइकिएको गाउँपालिका अध्यक्ष सवार गाडिले भ्यानलाइ दियो ठक्कर

सार्वजनिक विदाकाे दिनमा हुइकिएको गाउँपालिका अध्यक्ष सवार गाडिले भ्यानलाइ दियो ठक्कर

साउन २८, सल्यान। सल्यानमा सार्वजनिक बिदाको दिन हुइकिएको कुमाख गाउँपालिकाका अध्यक्ष सवार गाडीले सार्वजनिक गाडीलाई ठक्कर दिएको छ।

कुमाख गाउँपालिकाका अध्यक्ष मानवहादुर वुढाथाेकि सवार गाउँपालिकाकाे बा २ झ ४२४६ नम्बरको स्कारपियाे नेपालगञ्जतिर जाँदै गरेकाे र सल्लिवजारबाट सुनौलिवजार तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ च ०२५९ नम्बरको रिटाेटलिङवाला भ्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ६ को क्रसर उद्योग नजिकै शनिबार दिउँसो १ वजेतिर एक आपसमा ठाेकिएका थिए।

सो दुर्घटनामा मानविय क्षति केहि नभएको र गाडीको अगाडिको भागमा केहि क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

व्यक्तिगत प्रयोजनका लागि गाउँपालिका अध्यक्ष वुढाथाेकि नेपालगञ्जतर्फ जाँदै गरेका थिए ।

सार्वजनिक विदा शनिबारको दिन परेकाले जिल्ला प्रशासन कार्यालय सल्यानबाट पास लिएर उनी नेपालगन्ज तर्फ जाँदै थिए।

तस्वीर: दुर्गा बिसि