July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार
वडाबाट भत्ता बितरण गर्दै सल्यानको कुमाख गाउँपालिका

वडाबाट भत्ता बितरण गर्दै सल्यानको कुमाख गाउँपालिका

मंसिर २०, सल्यान ।  

सल्यानको कुमाख गाउँपालिकाले ६८ बर्ष माथिका जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, विधुवा, पूर्ण अपाङ्गता र अशक्त अपाङ्गता नागरिककालागि दिने २०७९/०८० को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ ।

सेवाग्राहीहरुको समस्या मध्यनजर गर्दै पालिकाले वडा बाटै भत्ता वितरण गर्न लागेको हो ।

शिविर मंसिर २१ गते वडा नं. १ मा, मंसिर २५ गते २ नं वडा कार्यालय, २८ गते ३ नं. वडा कार्यालय र २९ गते हिमालय बैंक रागेचौरमा भत्ता वितरण गरिनेछ ।

त्यस्तै पौष ३ गते ४ नं. वडा कार्यालय, ५ गते ५ नं. वडा कार्यालय र ७ गते ६ नं. वडा कार्यालयमा शिविर चल्नेछ ।

विहान १० बजेदेखि बेलुका ३ बजेसम्म हुने शिविरमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र, नागरिकता र अपाङ्गता परिचयपत्रका आधारमा भत्ता वितरण गरिनेछ ।

शिविरमा ५ बर्ष मुनिका बालबालिका भने सामाजिक सुरक्षा भत्ता वितरण गरिने छैन ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज