July 16, 2026, Thursday
२०८३ असार ३२, बिहीबार
सल्यानको कुमाखमा एमाले प्रमुख सचेतक शाहद्वारा विद्यालय  भवन उद्घाटन

सल्यानको कुमाखमा एमाले प्रमुख सचेतक शाहद्वारा विद्यालय भवन उद्घाटन

१३ चैत सल्यान।

सल्यानको कुमाख गाउँपालिका वडा न. १ मा रहेको सरस्वती मा.वि. ६ काेठे भवन उदघाटन कार्यक्रम सम्पन्न भएको छ।

विव्यस अध्यक्ष तथा कुमाख गापा वडा नं.-१ का वडा अध्यक्ष गाेपाल ब. बुढाथोकीकाे अध्यक्षता तथा सल्यान प्रदेश सभा (क) का प्रदेश सभा सदस्य एवं नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक मा. गुलाव जंग शाहकाे प्रमुख अातिथ्यतामा विद्यालयकाे नव निर्मित ६ काेठे भवन उद्घाटन गरिएको हो।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मान ब बुढाथोकी ,नेकपा एमालेका कुमाख गापा पालिका कमिटी अध्यक्ष भैरव ब शाह,जिल्ला कमिटी सदस्यहरु हेमराज शाही,शान्ति चन्द,राम ब केसी ,नेका पालिका सभापति ईश्वरी शाही,नेकपा एमाले पालिका सचिव तारानाथ याेगी,नेकपा माअाेवादी केन्द्रका गाउकमिटि सदस्य प्रेम ब बुढाथोकी लगायतकाहरुकाे उपस्थिति रहेकाे थियाे ।