May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार

सपना शर्माका २ गजल

गजल

१.
ओठमा मुस्कान काधमा जिम्मेवारी छ
शहर होेइन मेरो घर त्यो डाडापारी  छ ।

राजधानिमै घडेरि किन चाहियो हामीलाई
गाउमा टन्नै अन्न उब्जाउने खेतवारी  छ।

सादा जीवन छ उच्च बिचार छ यो मनमा
दुख पर्दा कसैलाइ यो दिल नै सरकारी छ।

उकाली – ओराली गर्दा थकाई लाग्यो भने
दुख पीडा मेटाउनु होला त्यहाँ चौतारी छ।

छोटो लुगा लगाउदैमा महान कोहि हुन्न
नेपालीको पहिरहन यहाँ चोली र सारी छ।

२.
कहिले दुनिया रङ्गिन कहिले सङ्गिन हुन्छ
जे – जे हुन्छ केवल मात्र एकछिन हुन्छ ।

म जति रोएपनि मतलब छैन तिमिलाई
म के बोलौं मेरो कुरा सबै अर्थहिन हुन्छ।

जति ठूलो सम्पन्न छु भन्ने पनि एकदिन
कि त खरानी हुन्छ कि त जमिन हुन्छ ।

आज उसैलाई आफ्नो बाटो लाग भन्यौं  
जो तिमिलाई पाउन सधैं तल्लिन हुन्छ ।

म बोलु नबोलु तिमिलाई फरक पर्दैन था’छ
तर तिमी नवोल्दा यो मुहार मलिन हुन्छ ।

सपना शर्मा
बानपा ८ कोटमौला सल्यान 

रोशन परियारको कविता : ” म स्वास्नी “

वाई वि जिएमको कविता : तिम्रो पहिलो प्रेम

वाई वि जिएम का २ गजल

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज