March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
बस्न मन छ दिलको सँघारमा तिम्रो

बस्न मन छ दिलको सँघारमा तिम्रो

✍️अभि क्षेत्री समर्पण

 

बस्न मन छ दिलको सँघारमा तिम्रो ।
कुन्नि को छ लेखेको निधारमा तिम्रो ।

सुनाखरी र उन्यु छुट्याँउनै सकिनौ,
फुलमा होइन रैछ नजर झारमा तिम्रो ।

एउटै सपना छ अब यो जिन्दगीमा,
जुनकीरी झैं बनुँ अन्धकारमा तिम्रो ।

बगिरहनु पानीसरि मज्धारमा तिमी,
पर्खी बसुँला सधैं म किनारमा तिम्रो ।