September 20, 2026, Sunday
२०८३ आश्विन ४, आईतवार
भारतीय मनपरि बन्द गर बन्द गर

भारतीय मनपरि बन्द गर बन्द गर

गजल

भारतिय मनपरि   बन्द गर  बन्द गर
अन्याय दादागिरी बन्द  गर बन्द गर

नेपालको राष्ट्रियता स्वाधीनता विरुद्ध
षड्यन्त्र थरीथरी    बन्द गर बन्द गर

चिमोठिकन हाम्रो सुस्ता र कालापानी
दुखाउन चरचरी    बन्द गर  बन्द गर

हो गरीब छौं  हामी   तर  कायर होइन
घोच्ने काम घरीघरी बन्द गर बन्द गर

जिउदो जन्ती मर्दा ,मलामी होस भने
कू-नियत सधैंभरी बन्द गर बन्द गर

 

भुमप्रकाश भण्डारी’भुपिन’
सल्यान