राप्रपा नेपाल सल्यानको अध्यक्षमा शर्मा र सचीवमा प्रधान चयन
१८ चैत,सल्यान ।
कमल थापा नेतृत्वको राप्रपा नेपाल सल्यानको अध्यक्षमा बालाराम शर्मा चयन भएका छन । बिहिवार सल्यान खलंगामा सम्पन्न भएको जिल्ला भेला बाट शर्मा चयन भएका हुन ।
भेला बाट उपाध्यक्षमा बेलधर बुढा, सचीवमा बिमर्श प्रधान र कोषाध्यक्षमा अंजित श्रेष्ठ सहित ३१ सदस्यीय जिल्ला कमिटी चयन भएको छ ।
पार्टीका केन्द्रिय उपाध्यक्ष राजेन्द्र वीर रायको प्रमुख आतिथ्यतआ भएको भेलामा सहमहामन्त्री हिक्मत ढकाल र केन्द्रिय सदस्य श्रीधर सुवेदीको आतिथ्यता रहेको थियो ।
आज नै पार्टीको जिल्ला कार्यालय समेत उद्घाटन गरिएको सचीव बिमर्श प्रधाले बताए ।
प्रतिकृया दिनुहोस्