February 7, 2025, Friday
२०८१ माघ २५, शुक्रबार
धर्म निरपेक्षता र संघीयता खारेजको माग गर्दै सल्यानमा राप्रपा नेपालको बिरोध प्रदर्शन

धर्म निरपेक्षता र संघीयता खारेजको माग गर्दै सल्यानमा राप्रपा नेपालको बिरोध प्रदर्शन

असोज ०३, सल्यान ।

धर्म निरपेक्षता, संघीयता खारेजी र राजतन्त्रको माग सहित राप्रपा नेपाल सल्यानले नाराबाजी सहित बिरोध प्रदर्शन गरेको छ ।

पार्टीले बुधबार केन्द्रीय अध्यक्ष कमल थापाको निर्देशन बमोजिम देशव्यापी रांके जुलुस तथा पुत्ला दहन कार्यक्रमको आयोजना गरेको थियो सोही निर्देशन बमोजिम सल्यानमापनि जिल्ला कोषाध्यक्ष तथा आन्दोलन संयोजक अन्जित श्रेष्ठको नेतृत्वमा जुलुसको आयोजना गरिएको राप्रपा नेपाल सल्यानले बताएको छ ।

जुलुसमा “राजा आउ देश बचाउ” तथा ‘धर्म निरपेक्षता खारेज गर’ ‘हिन्दु राष्ट्र कायम गर’ ‘संघियता खारेज गर’ लगाएतका नारा ल‌गाएका थिए । यो पार्टीको मात्र नभ‌ई सम्पूर्ण देशभक्ति जनताको आवाज भ‌एको हुनाले ढिलो चाडो सम्पूर्ण देशभक्ति यो आन्दोलनमा सहभागी हुने बिश्वास रहेको जिल्ला सचिब बिमर्श प्रधानले बताउनु भयो । उक्त कार्यक्रम राप्रपा नेपालको पार्टी कार्यालयबाट शुरु भ‌एर पुरानो बसपार्कमा ग‌एर नारा जुलुस संगै समापन भ‌एको थियो ।

कार्यक्रमलाई प्रहरीले बहिष्कार गर्न खोजेपनी त्यस्को बेवास्ता गर्दै कार्यक्रम सफल भ‌एको राष्ट्रिय प्रजातान्त्रिक बिधार्थी संगठन नेपाल सल्यानका अध्यक्ष सुबोजित श्रेष्ठले बताउनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज