October 9, 2024, Wednesday
२०८१ आश्विन २३, बुधबार
राप्रपा नेपालको उपाध्यक्षमा राजेन्द्रवीर राय मनोनित

राप्रपा नेपालको उपाध्यक्षमा राजेन्द्रवीर राय मनोनित

१८ फागुन , काठ्माण्डौं । पुनःस्थापित राप्रपा नेपाल पार्टीको उपाध्यक्षमा नेता राजेन्द्रवीर राय मनोनित भएका छन । बुधबार पार्टी अध्यक्ष कमल थापाले रायलाई पार्टीको केन्द्रिय उपाध्यक्ष पदमा मनोनित गरेका हुन ।

उपाध्यक्ष मनोनित भएपछि नेता रायले राप्रपालाई देशको बैकल्पिक शक्ति बनाउन आम कार्यकर्ता र नेताहरुले निकै प्रयास गरेको तर महाधिबेशनबाट नयाँ नेतृत्व  चयन भएपछि नेतृत्वले पार्टीलाई बैकल्पिक शक्ति बनाउन नभई समुह निर्माण गरेर इश्र्या साधन र खोपी बनाउने काम गरेकाले आफुले राप्रपा परित्याग गरेको बताएका छन ।

‘राप्रपालाई देशको बैकल्पिक शक्ति बनाउन आम कार्यकर्ता र नेताहरुले निकै प्रयास गरे । महाधिबेशनबाट नयाँ नेतृत्व पनि चयन भयो । तर नयाँ नेतृत्व पार्टीलाई बैकल्पिक शक्ति बनाउन होइन, समुह निर्माण गरेर इश्र्या साधन र खोपी बनाउने काम भयो ।’ नेता रायले भनेका छन – ‘केही दिनअघि मैले निस्क्रिय हुने निर्णय लिएको थिए । तर अब निस्क्रिय होइन, हिन्दू राष्टका पक्षमा आफ्नो पूर्ण सक्रिय जीवन विताउने निर्णयमा पुगेको छु । कुन्ठा र इश्र्याको झुण्डबाट बाहिर निस्किदै राप्रपा परित्याग गरेको घोषणा गर्दछु । बाँकि सवै साथीहरुसँग अब नियमित भेटघाटमा ब्यस्त हुनेछु ।’

राप्रपाको मंसिरमा सम्पन्न महाधिवेशनमा दरवारले हस्तक्षेप गरेर आफुलाई हराएको भन्दै अध्यक्ष थापाले राप्रपा नेपाल व्यूताएपछि बुधबार राय सहित ६ जनालाई पार्टीको उपाध्यक्ष पदमा मनोनित गरेका हुन । त्यस्तै अध्यक्ष थापाले ४ महामन्त्री र ७ सहमहामन्त्री सहित १७ जना पदाधिकारी पनि मनोनित गरेको प्रवक्ता सुरेश आचार्यले बताएका छन ।

राप्रपा सल्यानका प्रवक्ता द्धारा पार्टी परित्याग

त्यस्तै राप्रपा विभाजनको सल्यानमा पनि प्रभाव परेको छ । राप्रपा बाट अलग बनेर पूर्व अध्यक्ष थापाले राप्रपा नेपाल पुनःस्थापना गरेपछि राजेन्द्र लिङ्देल नेतृत्वको राप्रपा सल्यानका प्रवक्ता विमर्ष प्रधानले पार्टीको जिल्ला प्रवक्ता पदबाट राजिनामा दिएका छन । पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको उनले बताएका छन ।

राप्रपा भित्र स्वेच्छाचारी व्यक्तिवाद र गुटबन्दी मौलाउदै गएको र युवा मोर्चाले उठाएको समिक्षा वैठक र छानविन नेतृत्व तहबाट सम्बोधन नभएकाले राजिनामा दिएको उनले बताएका छन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज